• १२ मंसिर २०८१, बुधबार

आज पाँचौँ राष्ट्रिय झण्डा दिवस मनाइँदै

blog

आज पाँचौँ राष्ट्रिय झण्डा दिवस मनाइयो । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौं, पुस १ गते । संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको सम्झनामा आज (शुक्रबार) पाँचौँ राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ । आज काठमाडौंको माइतीघर मण्डलाबाट वसन्तपुरसम्म नेपालको राष्ट्रिय झण्डा बोकेर र्‍यालीसमेत गरिएको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले १९६२ डिसेम्बर १६ अर्थात् २०१९ साल पुस १ गतेको दिन संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको बताउनुभयो ।


उहाँले भन्नुभयो, ‘‘१९६२ डिसेम्बर १६ अर्थात २०१९ साल पुस १ गतेको दिन संयुक्त राष्ट्रसङ्घमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अङ्गीकृत गरेको दिनको रुपमा लिएको छ, त्यही दिनलाई स्मरण गर्दै हामीले यो अभियान मनाएका हौँ । झण्डाको दुरुपयोग गरेको खबरदारीका रुपमा यो दिवस मनाइएको हो ।’’

उहाँले नेपालमा पछिल्लो समय झण्डाको दुरुपयोग भइरहेकाले पनि सचेतना फैलाउने अभियान स्वरुप यो दिवस मनाइएको जानकारी दिनुभयो । संस्थापक माण्डव्यले राष्ट्रिय झण्डा देशको गौरव र प्रतिष्ठाको विषय भएकाले झण्डाको सम्मान गर्नुपर्ने बताउनुभयो ।


संस्थापक माण्डव्यले सरकारी निकायहरुबाट नै विश्वमै फरक रहेको नेपालको झण्डा फर्ने, दुपयोग गर्ने पाइएको भन्दै सरकारी निकायहरु यसमा सचेत बन्नुपर्ने धारणा राख्नुभयो ।