• २० असार २०८१, बिहिबार

दुई गैंडा मृत भेटिए

blog

फाइल तस्बिर

शालिग्राम नेपाल 

चितवन, मङ्सिर, २९ गते । चितवन राष्ट्रिय निकुञ्जमा दुई वटा गैंडा मृत अवस्थामा फेला परेका छन् । निकुञ्जको अमलटारी सेक्टरको कुजौली रेञ्जपोस्ट अन्तर्गत नारायणी नदी किनारमा रहेको निकुञ्जको कोर क्षेत्रमा ६ महिनाको भाले गैंडा बुधबार मृत फेला परेको हो ।

मृत गैंडाको खाग नपलाएको अवस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले जानकारी दिनुभयो । यस्तै, निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्ट अन्तर्गत गुन्द्रहीढका मध्यवर्ती सामुदायिक वन क्षेत्र बिहीबार बिहान एक पोथी गैंडा मृत फेला परेको छ । मृत गैंडा १५ वर्ष उमेरको भएको निकुञ्जले जनाएको छ ।  

पन्ध्र वर्षको पोथी गैंडा आपसमा जुधेर मरेको हुनसक्ने निकुञ्जका सूचना अधिकारी तिवारीले बताउनुभयो । गैंडाको खाग र खुर सुरक्षित छ । चालु आर्थिक बर्षमा निकुञ्ज र मध्यवर्ती क्षेत्रमा ५ गैंडा मृत भेटिएका छन् ।