• ८ वैशाख २०८१, शनिबार

चितवन चिनाउने थारु संग्राहलय (फोटो फिचर)

blog

वसन्त पराजुली 

चितवन, मङ्सिर १५ गते । चितवनको बछ्यौलीमा रहेको थारु संग्राहालय पर्यटकीय नगरी सौराहा आउने पर्यटकका लागि एउटा गन्तव्य हो । चितवनका आदिवासी जनजाति थारुहरूको संस्कृति र जीवनलाई दर्साउने यो संग्राहलय पर्यटकको मुख्य आकर्षणको थलो बनेको छ । 

थारु संस्कृति, जीवन भोगाई यो संग्राहलयमा देखाउन खोजिएको छ । लोप बन्दै गएको   थारुका कला संस्कृति रीतिरिवाजको जगेर्ण गर्न यसको मुख्य महत्त्व रहेको छ । 

संग्राहलयमा थारुको परापुर्वकाल देखिकै मुख्य सवारी साधन गोरु गाडा, माछा मार्ने परम्परा, तल जाँतो, पानी बोक्ने घैँटो, मान्छे मरेपछि गरिने दाहसंस्कार, फागुपुर्णिमामा गाइने फगुवा नाच, थारुहरूको कुल देवता ब्रह्म पूजा, थारुहरूले खुट्टामा लगाउने खराउ र जमिन जोत्ने हलो, कन्दमूलहरूको औषधि बनाउँदै वैद्य थारु, धान चामल जस्ता समान सञ्चित गर्ने घैँटो र विवाहको जन्ती जाने परम्परालाई समेटेको छ ।