• १६ चैत २०८०, शुक्रबार

सर्लाही २ (क) मा कांग्रेसका राय विजयी

blog

जनार्जन खत्री
सर्लाही, मङ्सिर ९ गते ।
सर्लाहीको क्षेत्र नम्बर २ (क) बाट नेपाली कांग्रेसका जङ्गिलाल राय प्रदेशसभा सदस्यमा विजयी हुनुभएको छ ।
गठबन्धनभित्रकै नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुनिलकुमार साहलाई एक हजार ७६ मतले पराजित गर्नुहुँदै राय प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।

रायले आठ हजार २९० मत प्राप्त गर्नुभएको छ भने साहले सात हजार २१४ मत प्राप्त गर्नुभएको छ । सर्लाहीमा चार प्रतिनिधि सभा र आठ प्रदेशसभामध्ये अब प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर २ र प्रदेशसभा तर्फ क्षेत्र नम्बर २ को (ख) को मतपरिणा आउन बाँकी छ ।