• १६ चैत २०८०, शुक्रबार

गुल्मी २ मा एमालेका गोकर्ण विष्ट विजयी

blog

तिलाचन पाण्डे
तम्घास, मङ्सिर ७ गते ।
गुल्मी प्रतिनिधि सभा २ मा नेकपा (एमाले) का गोकर्ण विष्ट विजयी हुनुभएको छ । विष्टले नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार रामकुमारी झाक्रीलाई दुई हजार ४४ मतले पराजित गर्नुहुँदै विजयी बन्नु भएको हो ।

विष्टले २८ हजार ४८५ मत ल्याउनु भएको छ भने झाक्रीले २६ हजार ४४१ मत प्राप्त गर्नु भएको छ ।