• १२ साउन २०८१, शनिबार

मनाङ प्रदेशसभा (क) मा कांग्रेसबाट गुरुङ निर्वाचित

blog

मनाङ प्रदेश सभा (क) मा निर्वाचित कांग्रेसका मुनिन्द्रजङ गुरुङ । तस्बिरः बेलिना थापा

बेलिना थापा

लमजुङ, मङ्सिर ५ गते ।हिमाली जिल्ला मनाङको प्रदेश सभा (क) मा नेपाली कांग्रेसका मुनिन्द्रजङ गुरुङ निर्वाचित हुनुभएको छ । उहाँले ३ सय ३० मतान्तरले नेकपा (एमाले) का राजनबहादुर गुरुङलाई पराजित गर्नुभएको हो । 

विजयी गुरुङले १ हजार २ सय ५५ मत पाउनुभएको छ । पराजित गुरुङले ९ सय २५ मत पाउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रदेशसभा (ख) मा यसअघि नै राजीव गुरुङ ‘दीपक मनाङे’ निर्विरोध भइसक्नुभएको छ । मनाङमा प्रतिनिधि सभा सदस्यतर्फ कांग्रेसका टेकबहादुर गुरुङ र एमालेका पोल्देन छोपाङ गुरुङबीच प्रतिस्पर्धा भइरहेको छ । हाल मतगणना कार्य भइरहेको छ । पोल्देन छोपाङ गुरुङले अग्रता लिनुभएको छ ।