• १९ असार २०८१, बुधबार

पत्रकार सरोजराज अधिकारी मृत फेला

blog

पत्रकार सरोजराज अधिकारी ।

काठमाडौं, कात्तिक २३ गते। पत्रकार सरोजराज अधिकारी काठमाडौंको एक होटलमा मृत फेला परेको प्रहरीले जनाएको छ। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) दिनेशराज मैनालीले पत्रकार अधिकारी सिद्धार्थ होटलको कोठा नम्बर ५०२ मा पङ्खामा झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिनुभयो।

पत्रकार अधिकारी कात्तिक २१ गतेदेखि घरबाट निस्केर घर नफर्केपछि बुधबार उहाँकी श्रीमतीले प्रहरीमा निवदेन दिनुभएको थियो। मोबाइल ट्र्याक गरेर खोज्दा उहाँलाई प्रहरीले होटलको कोठामा पङ्खामा झुन्डिएको अवस्थामा फेला पारेको हो। रासस