• १४ असार २०८१, शुक्रबार

उपप्रमुख डंगोलसँग इजरायलका राजदूत गोडेरको भेट

blog

काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल नेपालका लागि इजरायलका राजदूत खनान गोडेरसँगको भेटमा । तस्बिर : काठमाडौं महानगरपालिका

काठमाडौं, कात्तिक १८ गते। नेपालका लागि इजरायलका राजदूत खनान गोडेरसँग काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले भेट गर्नुभएको छ। 

भेटका क्रममा राजदूत गोडेरले यसअघि महानगरसँग भएको सहकार्य प्रयास कार्यान्वयन गर्न नसकिएको बताउँदै यस पटक सहरी स्वास्थ्यका लागि खुला व्यायामशाला बनाउने कार्यक्रम सफल हुनेमा विश्वास व्यक्त गर्नुभयो।

इजरायलले नेपाली किसानका लागि तर्जुमा गरेको आयमा आधारित सीप विकासका कार्यक्रमलाई नतिजामुखी बनाउन आफूले प्रयास गरिरहेको राजदूत गोडेरको भनाइ थियो। 

उपप्रमुख डंगोलले इजरायल सरकारसँग सहकार्य गर्न सकिने बताउनुभएको छ। ‘‘काठमाडौँ महानगरले सार्वजनिक जग्गाको संरक्षण, पार्क निर्माण तथा हरियाली प्रवर्द्धनलाई नीतिका रूपमा लिएर कार्यक्रम सञ्चालन गरिरहेको छ। दूतावासको प्रस्ताव हाम्रा कार्यक्रमसँग मिल्ने खालका छन्। हामी सहकार्यका लागि स्वागत गर्न चाहन्छौँ’’, भेटमा उपप्रमुख डंगोलले भन्नुभयो, ‘‘हामी सामुदायिक शिक्षाको स्तर सुधार गर्ने कार्यक्रममा छौँ। विद्यार्थीलाई जीवन उपयोगी सीप सिकाउने यसको एउटा क्षेत्र हो। दूतावासले शिक्षक तालिम सञ्चालन गरिरहेको हामीलाई जानकारी छ। यस क्षेत्रमा पनि हाम्रो सहकार्य हुनसक्छ।’’  

यसअघि काठमाडौं महानगरका तत्कालीन प्रमुख विद्यासुन्दर शाक्यसँग नेपालका लागि इजरायलका राजदूत वेनी ओमरले भेट गरेर आपसी हितका कुरा गर्नुभएको थियो।