• २५ माघ २०८२, आइतबार

सल्यान फाँटको तरकारी

blog

तरकारी खेतीले हरियाली बनेको सल्यानको फाँट । तस्विर : ठाकुरप्रसाद आचार्य

म्याग्दी, माघ २५ गते । बेनीसँग नजिक रहेको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङ स्थित सल्यानको फाँट यतिखेर तरकारी खेतीले हरियाली बनेको छ । आलु, काउली, बन्दा गोभी लगायत तरकारी खेती फस्टाएसँगै किसानले यो सिजनमा करिब दुई करोड रुपियाँ भन्दा बढी गाउँमा भित्रिने अनुमान गरेका छन् । यहाँ उत्पादन भएको ताजा तरकारी मुस्ताङ,बेनी,बागलुङ र पोखरा सम्म पुग्ने गरेको छ ।