• २८ पुस २०८२, सोमबार

छोमाछो ताल र निलगिरि हिमाल

blog

मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित समुद्री सतह देखि ३ हजार ४५० मिटर उचाइमा अवस्थित छोमाछो 'आमा' ताल र पृष्ठभूमिमा निलगिरि हिमाल । तस्बिरः सुशीलबाबु थकाली/रासस

जोमसोम (मुस्ताङ), पुस २८ गते । मुस्ताङको घरपझोङ गाउँपालिका-५ स्थित समुद्री सतह देखि ३ हजार ४५० मिटर उचाइमा अवस्थित छोमाछो 'आमा' ताल र पृष्ठभूमिमा निलगिरि हिमाल । प्राकृतिक सुन्दरताले भरिपूर्ण यो तालमा प्रचारप्रसारको अभाव र व्यवस्थित सडकको पहुँच नहुँदा पर्यटकको आगमन बढ्न सकेको छैन ।