• २६ मङ्सिर २०८२, शुक्रबार

कांग्रेस बागलुङ– १ बाट १७ जनाको नाम सिफारिस

blog

नवराज नेपाली 
बागलुङ (गलकोट), मङ्सिर २६ गते ।
फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले बागलुङ क्षेत्र नं. १ बाट प्रत्यक्षतर्फ १० जनाको नाम सिफारिस गरेको छ । समानुपातिकतर्फ सात जना र राष्ट्रिय सभाका लागि दुई जनाको नाम सिफासि भएको हो ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको निर्देशन अनुसार बागलुङ क्षेत्र नं. १ क्षेत्रीय कार्यसमितिको बिहीबार सम्पन्न बैठकले उमेदवार सिफारिस गरेको क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिनुभयो ।

क्षेत्रीय कार्यसमितिले प्रतिनिधिसभामा प्रत्यक्षतर्फ किरणराज शर्मा पौडेल, जगन्नाथ आचार्य, दल बहादुर श्रीस राना, प्रकाश शर्मा पौडेल, भीम श्रीस, मणिभद्र शर्मा कंडेल, सागर परियार, सुजन सापकोटा, सितादेवी सापकोटा कंडेल र हरिप्रसाद आचार्यलाई सिफारिस गरेको छ ।

यस्तै प्रतिनिधिसभा समानुपातिकतर्फ पदम बहादुर पुन, पार्वती आचार्य, डा.राम बहादुर केसी, रत्ना शेरचन, शकुन्तला शर्मा, शेर बहादुर विश्वकर्मा र हरिप्रसाद श्रेष्ठलाई सिफारिस गरिएको छ ।

कांग्रेसले माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यका लागि इन्द्रराज पौडेल र विष्णु पौडेल (दारी) लाई सिफारिस गरिएको क्षेत्रीय सभापति पौडेलले जानकारी दिनुभयो ।

क्षेत्रीय कार्यसमितिले जिल्ला कार्यसमितिमा सिफारिस गरेको छ, जिल्लाले क्षेत्रीय समितिको सिफारिस अनुसार नै केन्द्रमा पठाउछ, पौडेलले बताउनुभयो ।