• १२ मंसिर २०८२, शुक्रबार

आगजनीबाट क्षतिग्रस्त दुहवी नगरपालिकालाई प्रदेश सरकारको सहयोग

blog

शशिधर पराजुली 

विराटनगर, मंसिर १२ गते। आगजनीबाट क्षतिग्रस्त बनेको सुनसरीको दुहवी नगरपालिकालाई कोशी प्रदेश सरकारले १८ लाख रुपियाँ बराबरको कम्प्युटर तथा कार्यालय प्रयोजनमा उपयोग हुने सामग्री प्रदान गरेको छ।

सेवा प्रवाह सञ्चालनमा सहयोग गर्ने उद्देश्यले सरकारले ल्यापटप कम्प्युटर दराज लगायतका ११ प्रकारका सामग्री  प्रदान गरेको हो।

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज नगरप्रमुख वेदनारायण गच्छदारलाई एक समारोहबिच सामान हस्तान्तरण गर्नुभयो।

गत भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि ध्वस्त भएका कार्यालयलाई सहयोग गर्ने कार्यक्रम अन्तर्गत यो सहयोग गरिएको हो।          

कोशी प्रदेशका ३० पालिकामा ६ करोड १८ लाख बराबरका सामग्री हस्तान्तरण हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत दुहबीबाट सरकारले सहयोग हस्तान्तरण सुरुवात गरेको जनाएको छ।

कोशी प्रदेशका क्षतिग्रस्त ४०१ वडामध्ये १५४ वडामा सेवा चुस्त दुरुस्त पार्नको लागि यो सामग्री प्रदान गरिएको हो।जेञ्जी आन्दोलनमा कोशी प्रदेशका १३७ पालिका मध्ये ३७ पालिकामा क्षती पुगेको थियो।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कोशी प्रदेशको सरकारलाई आएको सहयोग रकमलाई जनताको महत्त्वपूर्ण सेवा प्रवाह गर्ने कार्यालयलाई वितरण गरिएको बताउनुभयो।कार्यालय पुनः स्थापना गर्ने लक्ष्य अनुरुप यो कामलाई तीव्र रुपमा अगाडि बढाइने मुख्यमन्त्री कार्कीले बताउनुभयो।