शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
कविराज घिमिरे
हिले, मंसिर ६ गते । धनकुटाको सहिदभूमि गाउँपालिका गुर्धम, छिन्ताङ, धापलगायत स्थानका तीन सय भन्दा बढी परिवारका सदस्य मङ्सिर शुक्लपक्षमा सेता कुर्तासुरुवाल लगाएर गुर्धममा रहेको सत्सङ भवनमा भेला हुन्छन् । कविरपंथी धर्म मान्ने यहाँका स्थानीयको आफ्नो मुख्य पूजा आनन्दी चौका आरती गर्न यहाँ भेला हुन्छन् ।
सत्सङ भवन भित्र विभिन्न सजावत गरेर आनन्दी चौका आरती गर्ने स्थान बनाइएको हुन्छ । जहाँ सत्यपुरुष सत्गुरु कबिर साहेबको स्थान निर्माण गरिएको हुन्छ । विभिन्न दियो धुप नैबेदले सजिसजाउ हुन्छ, जताततै झिलिमिली बत्ती बलेको हुन्छ । जहाँ र सबैले एक एक दानो नरिवल अर्पण गर्छन् । सत्गुरुका दूतले नरिवल पुजेर नरिवल फुटाए पछि सबैले बिश्वास गर्छन् की आफ्नो पुकार सत्यपुरुष सत्गुरुले सुन्नुभयो ।
















