• ५ मंसिर २०८२, शुक्रबार

महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ५ गते । नायिका मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’ को ‘सम्पूर्ण’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा  अपुर्भ तामाङको आवाज तथा शब्द रहेको छ भने सङ्गीत मनिष गुरुङले गर्नुभएको छ । गीत ‘जिटुवान डिजिटल’ को अफिसियल च्यानलबाट सार्वजनिक गरिएको छ । 

‘जिटुवान डिजिटल’ को प्रस्तुति र योङ हाट्र्स फिल्म्सको सहकार्यमा निर्मित मिनी सिरिज ’टिन स्पिरिट’लाई जीवन स्वाँर र सुनील गुरुङले निर्देशन गर्नुभएको छ । हाङ्पे, सुनील शिवभक्ति र बिकेन कार्कीको सम्पादन रहेको सिरिजमा मलिकाका अलावा लक्ष्य तामाङ, अनुशा बायुङ राई, सबी थापा, सुरेश राई, रोनिश सुब्बालगायतको अभिनय रहेको छ । 

‘टिन स्पिरिट’ को निर्माताका रूपमा असीम शाह हुनुहुन्छ । सिरिजको कथा सुनील गुरुङले लेख्नुभएको हो । कार्यकारी निर्माता विशाल शर्मा हुनुहुन्छ भने आसिफ शाह क्रियटिभ निर्देशकका रूपमा रहनुभएको छ । सिरिजलाई नकुल सुनुवारले खिच्नुभएको हो । सिरिजमा समावेश अर्को गीतमा आशिरा शाह र सुनील गुरुङको आवाज, सुषमा सिग्देलको शब्द र नीरज तामाङ, मोहक श्रेष्ठ र सन्देश केसीको सङ्गीत रहेको छ ।