• ३ मंसिर २०८२, बुधबार

सप्तरीमा मलको कालोबजारीको आरोपमा सहकारी सञ्चालक पक्राउ

blog

विनय कर्ण
कल्याणपुर (सप्तरी), मङ्सिर ३ गते ।
सप्तरी प्रहरीले रसायनिक मल कालोबजारी गरेको आरोपमा एकजनालाई प्रक्राउ गरेको छ । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर ३ पोर्ताहा ४५ वर्षीय मनोज कुमार यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादव स्थानिर जनता कृषि सहकारी संस्था लिमिटेडका सञ्चालक हुन् ।

नेपाल सरकारबाट किसानका लागि सहुलियत दरमा उपलब्ध गराइएको रासायनिक मल डिएपी कालोबजारी गरी बढी मूल्यमा बेच्नको लागि राखेको बिशेष सुराकीको आधारमा २४० बोरा मलसहित आइतबार नियन्त्रमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।

उहाँले ना ६ ख ६२८४ नम्बरको ट्रकबाट ५० किलो तौल भएको बोरा १३० थान, ट्रकबाट अनलोड गरी जनता कृषि सहकारी संस्था लिमिटेडको गोदाममा राखेको बोरा ११० गरी जम्मा २४० बोरा मल र ट्रकसहित नियन्त्रमा लिएको बताउनुभयो ।

पक्राउ परेका यादवलाई कालोबजारीसम्बन्धी कसुरमा जिल्ला अदालत सप्तरीबाट सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।