• २७ कात्तिक २०८२, बिहिबार

तुलसीघाटमा पुल निर्माण

blog

पोखराको तुलसीघाटमा सेती नदीमाथि निर्माण गरिएको स्टिलको पुल ।

पोखरा समाचारदाता

पोखरा, कात्तिक २७ गते । पोखराको तुलसीघाटमा सेती नदीमाथि स्टिल पुल निर्माण भएको छ । पुलले पोखरा महानगरपालिका–९ र ११ को सेतीपूर्व र पश्चिमको सवारी चापलाई व्यवस्थित गर्न मद्दत पुर्‍याउने छ । ६५ मिटर लम्बाइ र ११ मिटर चौडाइ रहेको उक्त पुलको दुवैतर्फ १.५ मिटरको फुटपाथ रहेका छन् । 

रणनीतिक सहरी सञ्जाल अन्तर्गत निर्माण गरिएको उक्त पुलको भार क्षमता सय टन रहेको पुल सेक्टर पोखराका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिनुभयो । २०८० साल साउन ११ मा डिजाइन स्वीकृत भई काम सुरु भएको करिब २६ महिनामा निर्माण सम्पन्न भएको उक्त पुल पोखराको इन्द्रेणी निर्माण सेवा प्रालिले निर्माण गरेको हो । उक्त पुलको लागत भ्याटसहित १२ करोड ८० लाख ५७ हजार रुपियाँ रहेको पुल सेक्टरले जनाएको छ । 

धार्मिक एवं सांस्कृतिक महत्व रहेको सो तुलसीघाटको पुल निर्माण भएपछि यात्रुलाई निकै सहज भएको पोखरा महानगरपालिका–९ का अध्यक्ष दीपेन्द्र मर्सानीले जानकारी दिनुभयो ।