• २७ कात्तिक २०८२, बिहिबार

मनबिनाको धनको ‘बा आमा’

blog

काठमाडौँ, कात्तिक २७ गते । चलचित्र ‘मनबिनाको धन’ को गीत ‘बा आमा’ सार्वजनिक गरिएको छ । अशोक दर्जी र एआर बुढाथोकीको स्वर रहेको गीतमा टङ्क बुढाथोकीको सङ्गीत तथा एरेन्ज छ । गीतको शब्द शङ्कर आचार्यले लेख्नुभएको हो ।  

गायक अशोक दर्जीको वास्तविक जीवनको कथावस्तुमा बनेको चलचित्र अशोक दर्जी, सरोज खनाल, सन्तोष पन्त, रमा थपलिया, नीता ढुङ्गाना, रमेश विश्वकर्मा, भोला सापकोटा, बुद्धि तामाङ, रवीन्द्र झालगायत कलाकारको अभिनय रहेको छ । टङ्क बुढाथोकीको निर्माण तथा निर्देशन रहेको चलचित्रको निर्माण विष्णुमाया मैनालीले गर्नुभएको हो भने कार्यकारी निर्मातामा मिनु शर्मा (सपना) रहनुभएको छ ।