दाङ, जेठ २३ गते । खेतीको सिजन आउन थालेपछि खेतसम्म सिचाई पुर्याउनको लागि गाउँ गाउँबाट किसानहरू झरालीमा उठेका छन् । दाङका किसानहरु घरघरबाट हातमा कोदाली, फरुवा बोकेर यति बेला झरालीमा उठेका हुन ।
खेतसम्म पानीको सिचाई पुर्याउनको लागि किसानहरू झरालीमा उठेको घोराही ३ बेलुवाका अगुवा किसान शङ्कर चौधरीले बताउनुभयो । उहाँले अहिले आफूहरू दुई सय भन्दा बढी किसानहरू झराली उठेको बताउनुभयो ।
सिस्ने खोलाको पानी बेलुवा, बन्जाडी, भैसकुर्मा लगायत गाउँको खेतबारीमा सिचाइ पुर्याउने गरेको उहाँले बताउनुभयो । करिब दुई सय भन्दा बढी बिघा खेतबारीमा सिचाई पुर्याउनको आफूहरू हरेक वर्ष लागि यसरी नै झराली उठ्ने गरेको उहाँले बताउनुभयो । झराली मार्फत किसानहरूले गाउँको कुला सरसफाइ गर्ने, खोलामा बाँध बाँध्ने, भत्केको कुलाको मर्मत सम्भार गर्छौ, उहाँले भन्नुभयो, स्थायी संरचना नहुँदा हरेक वर्ष गाउँका किसानहरू झरालीबाट अस्थायी संरचना बनाए खेतसम्म सिचाई पुर्याउछौं ।
जग्गाधनीको जग्गा अनुसार प्रत्येक घरबाट कम्तीमा एक जना झरालीमा आउने गर्नुहुन्छ, उहाँले भन्नुभयो, (यो झराली हाम्रो परम्परागत देखि गर्दै आएका छौ । राजनीतिक तथा राज्यको पहुँच भएका गाउँहरूमा पक्की बाँध र नाला बनाएकोले अहिले झराली उठ्न पर्दै उहाँले भन्नुभयो, (जहाँ पक्की बाँध छैन, पक्की कुला बनेको छैन, त्यहाँ अहिले पनि सयौँ किसानहरू यसरी झराली मार्फत नै आफ्नो खेतसम्म सिचाई पुर्याउदै आएका छौँ । यद्यपि अहिले प्रदेश सरकार र बृहत् सिचाइको सहयोगमा झन्डै ५ सय ५० मिटर पक्की कुला निर्माण गरेको उहाँले जानकारी दिनुभयो । बाँकी कुलामा बर्षैनी यसरी नै झराली गरेर खेतमा सिचाई पुर्याउने गरेको बताउनुभयो ।
हामीले हरेक वर्ष कम्तीमा ८ देखि १० दिनसम्म झराली गर्छौ, त्यसपछि आवश्यकताको आधारमा आलोपालो गरेर झराली गर्छौ उहाँले भन्नुभयो,(झराली नगर्दा खेतमा पानी पुग्दैन, त्यसैले गाउँका किसानहरू स्वस्फूत झराली उठ्नुहुन्छ । माना रोपेर मुरी फलाउने समय आइसकेकोले गाउँका सबै किसानहरू बैठक बसेर हरेक वर्ष खेतीपाती समय भन्दा एक महिना अगाडी झराली उठ्ने गरेको उहाँले बताउनुभयो । झराली भनेको श्रमदान हो, उहाँले भन्नुभयो, थारु भाषामा श्रमदानलाई झराली भन्छन्, (गाउँ गाउँ बस्ती बस्तीबाट घरधनीहरू स्वतःस्फूर्त काम गर्न आउने भएकोले यसलाई झराली भनिँदै आएको हो ।
यस्तै राज्यले सिँचाइको व्यवस्था नगर्दा वर्षौँदेखि यसरी नै किसानहरूले दुःख गर्नु परिरहेको सोही ठाउँका किसान रामबहादुर चौधरीले बताउनुभयो । धानको बेर्ना राख्ने समय आइसक्यो तर, सिँचाइ छैन,उहाँले भन्नुभयो, “खेतसम्म सिचाई पुर्याउनको लागि भत्केका कुलो मर्मत गर्न झराली गर्न आएका छौँ ।