• १६ जेठ २०८२, शुक्रबार

साँगे दर्पण लोकार्पण

blog

काठमाडौँ, जेठ १३ गते । साँगे सभ्यता संरक्षण तथा विकास अभियानद्वारा प्रकाशित ‘साँगे दर्पण’ पुस्तक लोकार्पण गरिएको छ । काठमाडौँस्थित लेखनाथ साहित्य सदनमा नेपाल सरकारका पूर्वसचिव पुरुषोत्तम ओझा, विशेष अदालतका पूर्वन्यायाधीश कृष्णवल्लभ काफ्ले, पूर्वन्यायाधीश एवं काठमाडौँ विश्वविद्यालय, कानुन सङ्कायका डिन डा. ऋषिकेश वाग्लेलगायतले संयुक्त रूपमा पुस्तकको विमोचन गर्नुभयो । 

कार्यक्रममा पूर्वसचिव ओझाले साँगे क्षेत्रको ऐतिहासिक, सामाजिक र सांस्कृतिक विशेषता दस्ताबेजीकरण गर्नु समय सान्दर्भिक भएको उल्लेख गर्नुहुँदै पुस्तकले साँगे क्षेत्रको पहिचानलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । 

तनहुँस्थित साँगे उपत्यकाको मौलिक सभ्यतालाई उजागर गर्न तथा विकास गतिविधिमा सघाउ पुगोस् भन्ने उद्देश्यले पुस्तक प्रकाशन गरिएको सम्पादक एवं अभियानका महासचिव सरोज ओझाले बताउनुभयो । कार्यक्रममा स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक एवं गण्डकी प्रदेश नीति तथा योजना आयोगका पूर्वउपाध्यक्ष डा. रघुराज काफ्ले, अभियानका संयोजक सुरेन्द्र वाग्लेको उपस्थिति रहेको थियो ।