• ८ जेठ २०८२, बिहिबार

आजको पत्रकारितामा नैतिकता

blog

सूचना प्रविधिको विकास, संविधान र कानुनको विकास, मिडियाको विकास, जनताको व्रmय शक्तिमा भएको वृद्धि जस्ता सकारात्मक पक्ष हुँदाहुँदै पनि नेपाली पत्रकारिता विभिन्न समस्याबाट गुज्रिँदै गएको छ । जसको प्रतिविम्ब विषयवस्तुमा झल्किने गर्छ । जुन मिडियाको प्रभावको मुख्य प्रतिफल पनि हो । त्यस कारण मिडियाका क्षेत्रमा व्यावसायिकताको विकास हुनु पर्छ ।

समाज व्यवस्थित गर्न दुई किसिमको नियन्त्रणको अभ्यास गरिएको हुन्छ । त्यसमा कानुनी र नैतिक नियन्त्रण रहेको हुन्छ । कानुनी नियन्त्रण बन्धनकारी हुन्छ । त्यसको उल्लङ्घन गर्नु कानुनविपरीत हुन्छ । कानुन उल्लङ्घन गर्नुको अर्थ कानुनले गर्न भनेका कार्य नगर्नु र नगर्न भनेको कार्य गर्नु हो । यस सन्दर्भमा कानुन भनेको के हो भन्ने बुझ्नुपर्ने हुन्छ । सामान्य अर्थमा कानुन भन्नाले बाहिरी मानवीय व्यवहारलाई नियन्त्रण गर्ने नियमको सूची भन्ने बुझिन्छ ।

कानुन के हो भन्ने सन्दर्भमा विभिन्न विद्वान्का अलग अलग धारणा छन् । प्रकृतिवादी सम्प्रदायका अनुसार कानुन भन्नाले तर्कको शासन हो । त्यसै गरी विश्लेषणवादी सम्प्रदायका अनुसार कानुन भन्नाले सम्प्रभुको आदेश हो । ऐतिहासिक सम्प्रदायका अनुसार कानुन बन्ने विषय नभएर भेटिने विषय हो । त्यसै गरी माक्र्सवादी सिद्धान्तका अनुसार, कानुन शोषणको माध्यम हो । सामाजिक सम्प्रदायका अनुसार कानुन सामाजिक शिल्पशास्त्र हो । यसले स्वार्थलाई सन्तुलनमा राखेर समाज व्यवस्थित गर्ने प्रयास गर्छ । यसले समाज गातिशील हुन्छ भन्ने कुरालाई समेत आत्मसात् गर्छ । यसै सिद्धान्तको जगमा टेकेर यथार्थवादी सम्प्रदायको विकास भयो । यो सिद्धान्तले अदालतको अभ्यास नै कानुन हो भने स्विकार्छ । यस सिद्धान्तका अनुसार कानुनभन्दा समाज गतिशील हुन्छ । कानुनमा लेखिएका शब्द मृत जस्ता हुन्छन् । ती शब्दले अदालतको व्याख्या पछि मात्र जीवन्तता पाउँछन्  । त्यसै गरी विभिन्न मुभमेन्टले पनि कानुनलाई आआफ्ना किसिमले परिभाषित गर्ने गरेको पाइन्छ । जे भए पनि कानुन समाजलाई व्यवस्थित गर्ने एक माध्यम हो । कानुनबिनाको समाजमा जङ्गली राज हुन्छ । त्यस्तो समाजमा न्याय भनेको मत्स्य न्याय जस्तै हुन्छ ।   

समाज व्यवस्थित गर्न कानुन जस्तै नैतिकताको पनि महìव हुन्छ । सबै कुरालाई कानुनले नियन्त्रण गर्न सक्दैन र सान्दर्भिक हुँदैन, त्यस्तो अवस्थामा नैतिकताको पनि महìव हुन्छ । नैतिकता बाध्यकारी हुँदैन । यसमा दण्ड र जरिबानाको भय हुँदैन । यसलाई लक्ष्मण रेखाका रूपमा पनि बुझ्न सकिन्छ । यो पालना गर्दा सुरक्षा र शक्ति प्राप्त हुन्छ । कानुन र नैतिकताका विषयमा विधिशास्त्री हार्ट र फुलरको बहस र त्यस बहसको निष्कर्षलाई बुभ्न सकिन्छ । कानुन र नैतिकता अलग अलग विषय हुन् तर पनि यी दुवै एकअर्कामा निर्भर र अन्तरसम्बधित छन् । हरेक व्यक्तिको नैतिकता हुन्छ । यसले व्यक्तिको छवि निर्माण गर्न महìवपूर्ण भूमिका खेल्छ । हरेक पेसालाई व्यवस्थित र मर्यादित गराउन पेसागत आचारसंहिता निर्माण गरिएको हुन्छ । 

त्यसै गरी पत्रकारिता पेसालाई मर्यादित र व्यवस्थित बनाउन पत्रकार आचारसंहिता निर्माण गरिएको पाइन्छ । यसले पत्रकारिता पेसाको गरिमा र मर्यादा बढाउने काम गर्छ । पत्रकारिताको शक्ति भनेकै जनताको विश्वास हो । जनताको विश्वास बढ्दै जाँदा पत्रकारिताको शक्ति पनि बढ्दै जान्छ भने जनताको विश्वास घट्दै जादा पत्रकारिताको शक्ति पनि  कमजोर बन्न जान्छ । जसरी रावणको नाभिमा अमृत रहेको पौराणिक मान्यता पाइन्छ । रावणको शक्ति पनि नाभिमा भएको अमृतमा रहेकाले त्यसलाई नष्ट गर्दा रावणको शक्ति नष्ट भएको थियो  । त्यसै गरी नैतिकता बढ़दै जाँदा पेसागत मर्यादा र गरिमा बढ्दै जान्छ भने नैतिकता घट्दै जाँदा पेसागत मर्यादा पनि घट्दै जान्छ । त्यसकारण नैतिकताको पनि ठुलो महìव र शक्ति रहेको हुन्छ । पत्रकारितामा नैतिकता भन्नाले सत्य, तथ्य, सन्तुलित, वस्तुगत, निष्पक्ष, भेदभावरहित र विश्वसनीय सन्देश सम्प्रेषण गर्नु भन्ने बुझिन्छ । यसरी पत्रकारिताले यस्तो विषयवस्तु सम्प्रेषण गर्दा एकातिर यसले सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गर्छ भने अर्कातिर यसले आफ्नो विश्वसनीयता अभिवृद्धि गरिरहेको हुन्छ । यो सिद्धान्तको कुरा गर्न जति सजिलो हुन्छ यसलाई व्यवहारमा उतार्न त्यतिनै जटिल हुन्छ । 

नेपाली समाज अभाव, दबाब र प्रभावबाट ग्रसित छ । जसले गर्दा नैतिकताको पालना गर्न कठिन हुन्छ । पत्रकार पनि यही समाजका उपज हुन् । त्यसकारण पत्रकार समाजको परिस्थितिभन्दा बाहिर हुन सक्दैनन् । नेपालको सन्दर्भमा पत्रकार आचारसंहिता लागु भए पनि यसको पालनामा निकै कठिनाइ भएको पाइन्छ । त्यसमा पनि पछिल्लो समयमा सूचना र प्रविधिको तीव्र विकास भएको सन्दर्भमा नैतिकताको सवाल अझ बढी पेचिलो बनेको छ । कृत्रिम बौद्धिकता (एआई) को परिवेशमा पत्रकारितामा नैतिकताको पक्षलाई संरक्षण गर्नुपर्ने सर्वत्र आवाज उठेको छ । एआईको प्रयोग गुणस्तर अभिवृद्धिका लागि सहयोगी सिद्ध भए पनि त्यसको दुरुपयोग हुँदा नैतिकताको पक्ष सङ्कटमा पर्ने सम्भावना देखिएकै छ । 

सन् १९४८ मा हचिड्स कमिसनले पत्रकार समाजप्रति उत्तरदायी हुन पर्छ, स्वतन्त्रताको उपभोग गर्दा जिम्मेवारी भुल्न हँुदैन भन्ने मान्यता अघि सा¥यो । जसको जगमा टेकेर सामाजिक उत्तरदायित्व सिद्धान्तको विकास भयो । यसले स्वतन्त्रता र उत्तरदायित्वलाई सन्तुलित परिदृश्यमा हेर्छ । यस सिद्धान्तले मिडिया समाजप्रति उत्तरदायी हुनु पर्छ भन्ने मान्यता राख्छ । उदारवादी सिद्धान्त अनुसारको प्रेसमा विकृति आउन थालेपाछि हचिड्स कमिसनले अध्ययन गरेर मिडियाले स्वतन्त्रता उपभोग गर्दा उत्तरदायित्वलाई बिर्सन हँुदैन भने मात्यता अघि सा¥यो । त्यसका लागि पत्रकारिता जगत्ले पनि आचारसंहिता निर्माण गरेर त्यसको पालना गर्न सकिने अवधारणा विकास भयो । हुन त नैतिकताको विषय प्रकृतिवादी सम्प्रदायको अवधारणासँगै जोडिएको छ । जुन लिखित कानुनको विकास हुनुभन्दा अघिदेखि नै अस्तित्वमा थियो र आजपर्यन्त पनि यसको महìव दिनप्रतिदिन बढ्दै गरेको पाइन्छ । नैतिकताका निम्न सिद्धान्तलाई पालना गर्न सकेमा मात्रै पत्रकारिता पेसाको मर्यादा र गरिमा बढ्न सक्छ । यी सिद्धान्तमा इमानदारिता, निष्पक्षता, पारदर्शिता, वस्तुगत, शिष्टता, उत्तरदायित्वमा आधारित, तथ्यपूर्ण र विश्वसनीयता पर्छ जुन नैतिकताका आधारस्तम्भ हुन् । यसलाई पत्रकारिताको आचारसंहितामा समावेश गर्नु पर्छ ।

व्यावसायिकता भन्नाले कुनै पनि पेसा व्यवसाय गरेर त्यही पेसा व्यवसायमा पूर्ण निर्भर रहेर जीविकोपार्जन गर्न सकिने वातावरण सिर्जना हुनु र त्यही पेसा व्यवसायबाट आफ्नो वृत्ति विकास, इज्जत, प्रतिष्ठा र भविष्य भेटाउन सकिन्छ । व्यावसायिकतालाई निम्न आधारबाट हेर्न सकिन्छ ।

पेसा व्यवसायबाट आफ्नो जीविकोपार्जन गर्न सक्नु, आर्थिक समृद्धि भेटाउन सक्नु, पेसागत दक्षता र विज्ञता भेटाउन सक्नु, विशेषज्ञता हासिल गर्नु, पेसागत निरन्तरता कायम राख्नु, पेसाबाट आफ्नो भविष्य भेटाउन सक्नु र पेसाप्रतिको सम्मान कायम राख्न सक्नु आदि पर्छन् । व्यावसायिकताको विकासले मात्र कुनै पनि पेसा व्यवसायको विकास हुन्छ । त्यस पेसामा लागेका पेसाकर्मीको पनि आर्थिक र पेसागत ज्ञान र सिपको पनि अभिवृद्धि हुन्छ । परम्परागत समाजमा मानिसले परम्परागत रूपमा अर्थात् निर्वाहमुखी ढङ्गबाट जीवन बिताउने हँुदा उनीहरू कुनै एक पेसामा समर्पित भएर लाग्दैन्थे । व्यावसायिकताको विकास नहँुदासम्म कुनै पनि पेसा व्यवसाय फस्टाउन र विकास हुन सक्दैन । पेसा व्यवसायको विकास नहुँदासम्म पेसाकर्मीको पनि विकास हुन सक्दैन । त्यसकारण व्यावसायिकताको विकासले मात्र पेसा, व्यवसाय, समाज र राष्ट्रको विकास हुन सक्छ । आजको युग व्यावसायिकताको हो ।

नेपालको सन्दर्भमा २०४६ सालपछि मात्र व्यावसायिकताको युग प्रारम्भ भएको मानिन्छ । व्यावसायिकताको इन्डिकेटरभित्र राख्दा हामी कुनै पनि क्षेत्रमा पूर्ण रूपमा व्यावसायिक भएको भने पाइँदैन, पत्रकारिता क्षेत्रमा पनि सोही कुरा लागुहुन्छ । 

नेपाली पत्रकारिता जगत्मा २०४६ सालअघि व्यावसायिकता थिएन । पत्रकारिता पेसामा मात्र रहेर जीवन चल्न नसक्ने र त्यसैबाट आफ्नो भाग्य र भविष्य भेट्न नसक्ने हँुदा पत्रकारले यस पेसालाई अतिरिक्त पेसाका रूपमा अभ्यास गर्ने गरेको पाइन्थ्यो । पार्टीगत पत्रकारिता गर्ने कसैको मुखपत्रका रूपमा काम गर्ने, पर्बे पत्रकारिता र अन्य पेसामा आबद्ध भई पत्रकारितालाई सोखका रूपमा मात्र गर्ने जस्ता अभ्यास रहेको पाइन्थ्यो । २०४६ सालको राजनीतिक परिवर्तनपछि बनेको नेपाल अधिराज्यको संविधान २०४७ ले गरेको व्यवस्थाले प्रेसलाई निकै संरक्षण गरेको र संविधानको भावना अनुसार बनेका उदार कानुनी व्यवस्थाले गर्दा नेपाली प्रेस जगत्ले निकै ठुलो फड्को मा¥यो र मिडियाका क्षेत्रमा बहुलताको युग प्रारम्भ भयो । 

गोरखापत्रको एकाधिकारलाई तोड्दै कान्तिपुरलगायतका मिडिया आइसकेपछि ठुलो सङ्ख्यामा फरक भाषा, क्षेत्र र विषयकेन्द्रित भएर पत्रिका प्रकाशित हुन थाले । त्यसै गरी टेलिभिजन र अनलाइन मिडियामा आएको विकासले मिडियाको क्षेत्रमा बहुलताको युग प्रारम्भ भयो । मिडिया आवाजविहीनको आवाज बन्न सक्ने वातावरण सिर्जना भयो । अझ पछिल्लो समयमा विकास भएको सूचना प्रविधिलगायत सामाजिक सञ्जाल र कृतिम बौद्धिकताले त झन् मिडियाको क्षेत्रमा पाराडिम सिफ्ट भएको पाइन्छ । यस सन्दर्भमा मिडियाको क्षेत्रमा व्यावसायिकताको युग प्रारम्भ भएको पाइन्छ । 

व्यावसायिकताका सम्पूर्ण प्यारामिटरलाई हेर्दा नेपालमा मिडियाको क्षेत्रमा व्यावसायिकाको युग प्रारम्भ भएको भए पनि पूर्ण रूपमा व्यावसायिक भने भएको छैन । यस क्षेत्रका विभिन्न समस्या र चुनौती रहेको पाइन्छ, अझै पनि पत्रकार यही पेसामा रहेर आत्मनिर्भर हुन सकिरहेको देखिँदैन । त्यसै गरी पत्रकारितामा राजनीतिक र आर्थिक प्रभाव कायमै रहेको देखिन्छ । पार्टिसन प्रेसको अभ्यास, स्वार्थबाट प्रेरित पत्रकारिता, विषयवस्तु विशेषज्ञताको कमी हुनु, युवालाई यस पेसाप्रति विश्वास कायम हुन नसक्नु जस्ता अनेक समस्याबाट ग्रस्त नेपाली पत्रकारिता पूर्ण रूपमा व्यावसायिक हुन सकेको पाइँदैन । यस सन्दर्भमा नेपालमा औद्योगिकीकरण हुन नसक्नु, युवा पलायनको व्रmम जारी हुनु, आर्थिक विकास हुन नसक्नु जस्ता बाहिरी प्रभावले पनि पत्रकारिता जगत्लाई प्रत्यक्ष र परोक्ष प्रभाव पारिरहेको छ ।

सूचना प्रविधिको विकास, संविधान र कानुनको विकास, मिडियाको विकास, जनताको व्रmय शक्तिमा भएको वृद्धि जस्ता सकारात्मक पक्ष हुँदाहुँदै पनि नेपाली पत्रकारिता विभिन्न समस्याबाट गुज्रिँदै गएको छ । जसको प्रतिविम्ब विषयवस्तुमा झल्किने गर्छ । जुन मिडियाको प्रभावको मुख्य प्रतिफल पनि हो । त्यसकारण मिडियाको क्षेत्रमा व्यावसायिकताको विकास हुनु पर्छ । जसले प्रजातान्त्रिकीकरणको प्रव्रिmयामा पनि सघाउ पु¥याउँछ । सुसूचित जनमत सिर्जना गर्छ । सचेत जनमतले मात्र सही व्यक्तिलाई उपयुक्त ठाउँमा पु¥याउन सक्छ जसले गर्दा विकास, समृद्धि, शान्ति र खुसी प्राप्त गर्न सकिन्छ । जुन पत्रकारिताको मूल धर्म हो । पत्रकारिता सामाजिक उत्तरदायित्वको पेसा भएकाले यसले सामाजिक हितका लागि कार्य गर्नु पर्छ । जुन व्यावसायिक पत्रकारिताबाट मात्र सम्भव हुन सक्छ ।


Author

डा. शशिनाथ मरासिनी