• ११ असोज २०८१, शुक्रबार

कांग्रेस बैठक आइतबार

blog

गोरखापत्र समाचारदाता 

ललितपुर, असोज ११ गते ।  नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक २०८१ असोज १३ गते बस्ने भएको छ । 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार समसामयिक राजनीतिक सन्दर्भसँगै स्थानीय तहको उपनिर्वाचनका लागि दल दर्ता र उम्मेदवारका सन्दर्भमा छलफल गर्न बैठक आह्वान गरिएको हो । उहाँले मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनको तयारी, प्रचार प्रसारसहित अन्य राजनीतिक विषयमा पनि छलफल हुने बताउनुभयो । बैठकमा सरकारका कामकारबाहीसहित विविध पक्षमा छलफल हुने छ ।