• १ भदौ २०८१, शनिबार

जसपा नेपालको केन्द्रीय समिति बैठकका ६७ निर्णय (सूचीसहित)

blog

जसपा नेपालको केन्द्रीय समिति बैठकमा सहभागी नेता ।

काठमाडौँ, भदौ १ गते। जनता समाजवादी पार्टी (जसपा) नेपालले हालै सम्पन्न केन्द्रीय समितिको बैठकले विभिन्न ६७ बुँदे समसामयिक राजनीतिक निर्णय सार्वजनिक गरेको छ। 

शनिबार पार्टीका अध्यक्ष उपेन्द्र यादवले राजबन्दी रिहाइ र मुद्दा खारेजी, सङ्घीयता कार्यान्वयन, संविधान संशोधनलगायतका विषयमा भएका निर्णयलाई पार्टीका तल्लो तहमा सर्कुलर गर्नुभएको छ।

जसपा नेपालले भदौ ९ गते काठमाडौँबाट चार महिने आधारभूत सङ्गठन निर्माण अभियान घोषणा गर्दैछ। पार्टीका अध्यक्ष यादवले अभियानको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

जसपाले आफ्ना चार सय पन्ध्र जना केन्द्रीय सदस्यलाई अभियन्ताको रूपमा पालिकामा सङ्गठन निर्माणको लागि खटाएको छ भने केन्द्रीय कार्यकारिणी समिति सदस्यलाई सो अभियानको अनुगमनकर्ता बनाउने भएको छ।