• ११ मंसिर २०८१, मङ्गलबार

फिदिममा एक लाख ३७ हजार फलफूलका बिरुवा रोपियो

blog

फिदिम नगरपालिकाले खरिद गरेर रोप्न लागेका सुन्तलाका बिरुवा। तस्बिर : राधा लुइटेल

राधा लुइटेल 

फिदिम, साउन २६ गते। फिदिम नगरपालिकामा एक वर्षमा एक लाख ३७ हजार दुई सय ४२ वटा बिरुवा रोपिएको छ। नगरपालिकाले नगर क्षेत्रका १४ वडामा विभिन्न वडामा सुन्तला, एभोकाडो, कागती, लिची, अलैँची, किवी, चिया र कफीका बिरुवा रोपिएको नगर प्रमुख मित्रप्रसाद काफ्लेले जानकारी दिनुभयो।

उहाँका अनुसार नगर क्षेत्रलाई फलफूलमा आत्मनिर्भर गर्ने उद्देश्यले यत्तिका बिरुवा रोप्नका साथै एक लाख २५ हजार क्षमताको नर्सरी स्थापना गरिएको छ।

यो सिजनमा नगरका १४ वटै वडामा गरी २० हजार ६ सय ६६ सुन्तला, एक हजार चार सय एभोकाडो, दुई हजार ६० आँप, दुई हजार एक सय ५० किवी, १० हजार ६ सय ६६ कागती, नौ हजार लिची, ५७ हजार अलैँची, सात हजार तीन सय चिया र २७ हजार कफिका बिरुवा रोपिएको काफ्लेको भनाइ छ।

फिदिम नगरपालिकाका प्रायः वडामा फलफूलसँगै चिया, कफी र अलैँची उत्पादन हुन्छ।