• १२ साउन २०८१, शनिबार

विपदमा परी एक सय ३९ जनाको मृत्यु

blog

फाइल तस्बिर

काठमाडौँ, साउन ११ गते । मौसमजन्य विपदमा परी आज अपराह्नसम्म मुलुकभर एक सय ३९ जनाको मृत्यु भएको छ । बाढी, पहिरालगायत विपद्मा परी काठमाडौँ उपत्यकामा दुई, कोशीमा २२, मधेसमा छ, बागमतीमा २९, गण्डकीमा ३८, लुम्बिनीमा २४, कर्णालीमा आठ र सुदूरपश्चिम प्रदेशमा १० जनाको मृत्यु भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।

बाढीपहिरामा परी कोशी र बागमती प्रदेशमा दुई-दुई तथा गण्डकी र कर्णाली प्रदेशमा एक-एक गरी छजना बेपत्ता भएका छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले जनाएको छ । विपदमा परी एक सय ५६ जना घाइते भएका छन् । बाढीका कारण जम्मा एक सय ८४ घर डुबानमा परेका छन् भने दुई सय ३८ घर, ८६ गोठ, ४३ पुल, दुई विद्यालय र दुई वटा सरकारी कार्यालयमा क्षति पुगेको छ । विपदका घटनाबाट चार हजार ३० घरपरिवार विस्थापित भएका छन् । रासस