• ९ साउन २०८१, बुधबार

शिक्षण अस्पतालमा दुर्घटनामा आफन्त गुमाएकाको भिड

blog

काठमाडौँ, साउन ९ गते । सौर्य एयरको जहाज दुर्घटनाबाट मृत्यु भएका १८ जनाको शवको पोस्टमार्टम त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा सुरु भएको छ ।  फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपाल चौधरीले मृत्यु भएकाको पोस्टमार्टम भइरहेको जानकारी दिनुभयो । 

अस्पतालमा मृतक आफन्तको पोस्टमार्टम सुरु भएपछि आफन्तको भिड लागेको छ । 

पोस्टमार्टमको लागि पाटन अस्पताल, भक्तपुर लगायत सबै ठाउँबाट फरेन्सिक विज्ञ बोलाएर काम भइरहेको डा. चौधरीले बताउनुभयो । 

सबै शवको पोस्टमार्टम गरेर रिपोर्ट तयार गरेर आफन्तलाई शव जिम्मा लगाउन तीन दिन समय लाग्न सक्ने उहाँको भनाइ छ । आफन्त भने शव पहिचानका लागि आतुर हुँदै पीडाका साथ अस्पताल परिसरमा पुगेका हुन् ।

बुधबार बिहान ११ बजेर ११ मिनेट जाँदा त्रिभुवन विमानस्थलबाट पोखरा जान लागेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको हो। विमानका पाइलत भने घाइते हुनुभएको छ । घाइते पाइलटको सिनामंगलस्थित केएमसी शिक्षण अस्पतालमा उपचार भइरहेको छ। 


तस्बिरः न्युज एजेन्सी नेपाल