• ९ साउन २०८१, बुधबार

पाइलट मनीष शाक्यको शल्यक्रिया सुरु, ७२ घण्टा निगरानीमा राखिने

blog

दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजका ३७ वर्षीय क्याप्टेन मनीष शाक्यलाई उद्धार गर्दै सुरक्षाकर्मी । उहाँको अनुहार रक्ताम्य भएकाले मधुरो देखाएको छ । तस्बिर : सामाजिक सञ्जाल

काठमाडौँ, साउन ९ गते। सौर्य एयरको जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन  मनीष शाक्यको शल्यक्रिया सुरु भएको छ। 

सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा मेरुदण्डको अपरेसनका लागि शल्यक्रिया कक्षमा लगिएको अस्पतालका निर्देशन डा.सुमन श्रेष्ठले जानकारी दिनुभयो। 

उहाँले भन्नुभयो, “उहाँको शरीरका विभिन्न ठाउँमा चोट लागेको छ। आँखा माथि चोट लागेको छ । अहिले उहाँलाई  शल्यक्रिया कक्षमा घाउँमा टाँका लगाउँदै छौँ।आज आँखा र शरीरका विभिन्न ठाउँको शल्यक्रिया सुरु भएको हो ।” ७२ घण्टा न्युरो वार्डमा निगरानीमा राखेर हेर्ने उहाँले जानकारी दिनुभयो। क्याप्टेन शाक्यको ढाँडको शल्यक्रिया भने केही दिनपछि मात्र गर्ने योजना रहेको उहाँले बताउनुभयो।  

बुधबार काठमाडौँबाट पोखरातर्फ उडेको सौर्य एयरको जहाज दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ। पाइलट शाक्यको भने घाइते अवस्थामा उद्धार गरिएको थियो। 

यो पनि पढ्नुहोस

सौर्य एयरलाइन्स दुर्घटना : क्याप्टेनको उपचार हुँदै