• १६ असार २०८१, आइतबार

कैलालीमा रोपाइँको रमाइलो (फोटो फिचर)

blog

धान रोपाइँ गर्दै किसान । तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी
धनगढी, असार १३ गते ।
 कैलालीका किसान रोपाइँमा व्यस्त भएका छन् । पर्याप्त मात्रामा वर्षा नभए पनि मध्य असार हुन लागेका कारण किसानहरू रोपाइँमा सक्रिय भएका हुन् ।

मानो खाएर मुरी उब्जाउने यो बेला खेतमा किसानको चहलपहल बढेको छ । उनीहरू खेत जोत्ने, आली बनाउने, रोपाइँका लागि तयारी गर्ने, ब्याड उखेल्ने, रोपाइँ गर्ने लगायतका कार्यमा व्यस्त देखिएका छन् ।


सिँचाइ असुविधा र पर्याप्त वर्षा नभएका कारण यो वर्ष ढिलो गरी रोपाइँ सुरु भएको छ । बोरिङको भरमा प्रायः किसान रोपाइँ गरिरहेका छन् । हिजो वर्षा भएपछि खेतीपातीको काममा अझ बढी किसान सक्रिय भएका छन् । धेरै पानी नपरे पनि बेला भइसकेकाले बिस्तारै बिस्तारै खेतीपातीको काम अगाडि बढाएको कृषक दशरथ चौधरीले बताउनुभयो । बोरिङले खेत सिँचाइ गरेर रोपाइँको काम गरिरहेको उहाँले उल्लेख गर्नुभयो ।

कैलालीमा ८९ हजार ९३५ हेक्टर कृषि योग्य जमिन रहेको छ । जसमध्ये ६९ हजार हेक्टर जमिनमा बर्खे धान खेती हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।