• ३ असार २०८१, सोमबार

त्रिवि प्राध्यापक सङ्घको निर्वाचन असारमा

blog

काठमाडौँ, जेठ १२ गते । त्रिवि प्राध्यापक सङ्घ केन्द्रीय समितिको निर्वाचन असार ७ र ८ गते काठमाडौँमा हुने भएको छ । शनिवार गोरखापत्र दैनिकमा सूचना जारी गर्दे समितिले गत मङ्सिर ९ गते निर्धारित गरिएको निर्वाचन कारणवश रोकिएपछि असारमा गर्ने जनाएको हो । 

समितिले त्रिभुवन विश्वविद्यालयका आङ्गिक क्याम्पस र अनुसन्धान केन्द्रबाट चयन हुनुभएका सम्बद्ध सबै प्रतिनिधिज्यूहरूलाई निर्वाचनमा सहभागिताका लागि त्रिवि प्राध्यापक सङ्घ निर्वाचन समितिले जनाएको छ ।