• १३ साउन २०८१, आइतबार

पौराणिक इविदह

blog

अहिल्याको पतिव्रता धर्म नष्ट गराएकाले ऋषि गौतमको श्रापबाट मुक्त हुन पनौतीमा इन्द्र भगवान्ले इन्द्रेश्वर महादेव स्थापना गरेको देखिन्छ तर यहाँ असुरहरूलाई परास्त गर्दै सुशासन र सुव्यवस्थाको ग्यारेन्टी गर्ने ‘स्वराज्य’ को स्थापनाका लागि इन्द्रेश्वर महादेवको स्थापना गरेको देखिन्छ ।  ऋग्वेदमा असुरराज वेत्रासुरलाई परास्त गर्दै स्वराज्य स्थापना गरेकोमा सबै देवताले इन्द्र भगवान्को स्तुति गरेको पाइन्छ । 

ललितपुरको महालक्ष्मी नगरपालिका–३ स्थित इविदह देवीदेवताका कारण प्रख्यात छ । यहाँ गणेश, शिव, भगवती, नाग देवीदेवता रहेका छन् । सामान्य ढङ्गले हेर्दा पोखरी र देवी–देउता रहनु स्वाभाविक झैँ लागे पनि अनुसन्धानात्मक रूपले विश्लेषण गर्दा अलौकिक तथ्य फेला पर्छन् । सृष्टिको प्रथम सोपानदेखि वर्तमानको चरित्र उजागर हुने तथ्यहरूले चिन्तन र अभ्यासलाई बुझ्न कौतूहल जागेर आउँछ । 

प्राचीन गणेश र काशीको स्मरण 

इविदहको क्षेत्रभन्दा बाहिर विष्ट टोलमा रहेको गणेश विग्रह सिन्दूरबाट रङ्गिएको पाइन्छ । काशीमा पाइने प्राचीन सिद्ध गणेशस्थानको स्वरूपमा रहेको उक्त गणे शमूर्ति जागृत अवस्थाको प्राचीन मूर्ति रहेको स्पष्ट हुन्छ । वेदमा वर्णित गणेश अथर्वशीर्षका ऋचाहरू त्यस मन्दिरमा वाचन गर्दा वातावरणलाई प्रभावित पार्छ । 

वेदमा वर्णन गरिएको गणेशको गुण चरित्रलाई निरन्तरता दिँदै पुनः गरिएको वर्णन र त्यहाँ अवस्थित गणेशको रङरूप मिलेको पाइन्छ । रक्तं लम्बोदरं शूर्पकर्णकं रक्तवाससम् । अर्थात् रक्तवर्ण, लम्बोदर, शूर्पकर्ण तथा रक्तवस्त्रधारी हुनुहुन्छ भनेको पाइनुले पनि त्यहाँ रहेको गणेशको विग्रह प्राचीन रहेको बुझ्न सकिन्छ ।

सत्येश्वर महादेव र सत्यदेवी 

इविदहमा निर्मित आकर्षक महादेव र देवी मन्दिरको नामकरण व्रmमशः सत्येश्वर महादेव र सत्यदेवी रहनुले पनि सत्ययुगसँगको सम्बन्धलाई जोड्न खोजिएको छ । श्रुतिपरम्परा तथा अस्पर्शनीय मान्यता अनुरूप ढुङ्गो स्थापना गर्दै ज्ञान र सिद्धि प्राप्त गर्ने क्षमता पछिल्लो समयमा लिखित शास्त्र तथा मठमन्दिर निर्माणसँगै दर्शनीय र पठनीय बनेका छन् । ऊँ यो वै रुद्र : स भगवान् यच्च सत्यं तस्मै वै नमो 

नम : । अर्थात् जो रुद्र : हुनुहुन्छ उहाँ नै भगवान् हुनुहुन्छ र उहाँ नै सत्य हुनुहुन्छ । उहाँलाई बारम्बार नमस्कार गर्दछौँ भन्ने शिव अथर्वशीर्षको वचनले सत्येश्वर महादेवको महत्व बुझ्न सकिन्छ । 


करचरणकृतं वाक्कायजं कर्मजं वा 

श्रवणनयनजं वा मानसं वापराधम् 

विहितमविहितं वा सर्वमेतत् क्षेमस्व

जय जय करुणाव्धे श्री महादेव शम्भो ।। 

एवं प्रकार महादेवको स्तूति र प्रार्थनासँगै प्रारम्भ हुने हाम्रो दैनिकी सत्येश्वर महादेवको दर्शनसँगै साकार हुन पुग्छन् । यही स्तूतिको स्मरण गर्दै इविदहको परिव्रmमा गर्नाले तपस्याकै फल पाउन सकिन्छ । वेद: शिव: शिवो वेद: भन्ने शास्त्रीय मान्यतालाई आत्मसात् गर्दै ‘ऊँ नम : शिवाय’ मन्त्रको जपसहित सत्येश्वर महादेवको परिक्रमा गर्दा तीर्थको लाभ लिन सकिन्छ । ‘दुःखम् द्रावति नाशयतीति रुद्र: ।’ अर्थात् दुःख नष्ट गरिदिने भएकाले रुद्र भनिएको मन्दिरको परिक्रमा नियमित साधना बन्न पुग्दछ । 

सत्यदेवी र सप्तश्लोकी साधना 

अहं ब्रह्मस्वरुपिणी । मत्त: प्रकृति – पुरुषात्मकं जगत् । शून्यं चाशून्यं च ।। अर्थात् म नै ब्रह्मस्वरूप हुँ । मबाटै प्रकृति–पुरुषात्मक सद्रुप र असद्रुप जगत् उत्पन्न भएका छन् भन्ने देवी अथर्वशीर्षको वचनले यहाँस्थित देवीको महìव बुझ्न सकिन्छ । साथै श्रीमद्देवीभागवतको निम्न वचनले पनि आदि सनातन स्वरूपलाई ग्रहण गर्न सहज बन्दछ । ‘सर्व खल्विदमेवाहं नान्यदस्ति सनातनम्’ अर्थात् जगत् म नै हुँ, मभन्दा अन्य कुनै सनातन छैन भन्ने देवीको वचन सबैका लागि मान्य रहेको छ । यस्तो महìवपूर्ण देवी शक्तिको आराधना तथा साधना यस स्थलमा गर्नाले सर्वकल्याणको साथै सिद्धि पनि प्राप्त हुन्छ । 

इन्द्रेश्वर महादेव र स्वराज्य

देवराज इन्द्रद्वारा स्थापना गरिएको इन्द्रेश्वर महादेव इविदहको बाहिर केही पर पश्चिम दिशामा रहेको पाइनुले सत्ययुगको लीला भएको स्थलको रूपमा बुझ्न सकिन्छ । ‘ऊँ यो रुद्र: स भगवान् यश्चेन्द्रस्तस्मै वै नमो नम्:।’ अर्थात् जो रुद्र हुन्, उनी नै भगवान् हुन् र उनी नै इन्द्र हुन्, उनलाई बारम्बार नमस्कार गर्दछौँ भन्ने शिव अथर्वशीर्षको वचनले इन्द्रेश्वर महादेवको महìवलाई बुझ्न सक्छौँ । पनौतीमा झैँ यहाँ पनि स्वर्गका राजा इन्द्रले शिवलिङ्गको स्थापना गरेको पाइनुले छुट्टै महìव राखेको पाइन्छ । अहिल्याको पतिव्रता धर्म नष्ट गराएकाले ऋषि गौतमको श्रापबाट मुक्त हुन पनौतीमा इन्द्र भगवान्ले इन्द्रेश्वर महादेव स्थापना गरेको देखिन्छ तर यहाँ असुरहरूलाई परास्त गर्दै सुशासन र सुव्यवस्थाको ग्यारेन्टी गर्ने ‘स्वराज्य’ को स्थापनाका लागि इन्द्रेश्वर महादेवको स्थापना गरेको देखिन्छ । 

ऋग्वेदमा असुरराज वेत्रासुरलाई परास्त गर्दै स्वराज्य स्थापना गरेकोमा सबै देवताले इन्द्र भगवान्को स्तूति गरेको पाइन्छ । “इत्था हि सोम इन्मदे ब्रहमा चकार वर्धनम् । शविष्ठ वज्रिन्नोजसा पृथिव्या नि : शशा अहिमर्चन्नन् स्वराज्यम् ।।” “शक्तिशाली इन्द्रदेव ! ब्रह्मनिष्ठहरूद्वारा प्रदान गरिएका दिव्य गुणले सम्पन्न सोमरसपान गरेर तिमीले आफ्नो उत्साह बढायौ । आफ्नो सामथ्र्यले देव समुदायको हानि गर्ने दुराचारीलाई मारेर पृथ्वीबाट हटाइदियौ ।” भनेर स्तुति गरेको कुराले स्वराज्यको स्थापना इन्द्र भगवान्बाट गरेको पाइन्छ । 

आजको समयमा भन्नु पर्दा प्रजातन्त्र, राष्ट्रियता र समावेशी समाजको प्रतिनिधित्व गर्ने स्वराज्य सबैले आफ्नो ठान्ने राज्य व्यवस्थाका रूपमा बुझ्न सकिन्छ । “आ. यद् वामीयचक्षसा मित्र वयं च सुरय : । त्यचिष्ठे वहुपाथ्ये यतेमहि स्वराज्ये”  ऋग्वेदमा उल्लेख भएको पाइनुले स्वराज्य देवराज इन्द्रद्वारा रक्षा गरिएको ईश्वरीय शासन व्यवस्था हो भन्ने बुझिन्छ । स्वराज्य रक्षाका लागि देवलोकमा असुरराजविरुद्धको लडाइँमा पृथ्वीबाट मुचुकुन्द महाराज गई इन्द्र देवतालाई सहयोग गरेको कुरा श्रीमद्भागवत् महापुराणमा पनि पाइन्छ । तिनै मुचुकुन्द महाराज नाग देवताका रूपमा यही इविदहमा पाइनुले स्वराज्यको स्थापना भएको स्थल तथा स्वराज्यका शक्तिहरू रहेको स्थलका रूपमा पनि बुझ्न सकिन्छ । यस मन्दिरको नजिकै मनोहरा खोला छेउमा रहेको पैनाचल हनु लिङ्गेश्वर महादेव मन्दिर पनि ऐतिहासिक महìवको रहेको छ । 

नेपालमा पनि ‘स्वराज्य र मेलमिलाप’ लाई सूत्रका रूपमा अगाडि बढाइएको थियो । २०५२ सालबाट प्रारम्भ भएको माओवादी सशस्त्र युद्ध रोक्न र मुलुक र जनतालाई रक्षा गर्दै विकासका लागि विस्तृत शान्ति सम्झौता, संविधान सभाको निर्वाचनपश्चात् २०७२ सालमा पारित गरिएको नयाँ संविधानपश्चात् प्रारम्भ भएको तीन तहको सरकार सञ्चालनमा आएको छ । 

Author

केशवप्रसाद चौलागाई