• ४ जेठ २०८१, शुक्रबार

एमाले जुम्ला अध्यक्ष महतसहित प्यानल विजयी

blog

नेकपा (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत

नेत्र शाही
जुम्ला, वैशाख २० गते ।
नेकपा (एमाले) जुम्लाको अध्यक्षमा शान्तिलाल महत विजयी हुनु भएको छ । एमाले जुम्लाको नवौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि भएको निर्वाचनामा अध्यक्ष शान्तिलाल महत विजयी हुनु भएको हो ।

अध्यक्ष पदका लागि भएको निर्वाचनमा महत र नेता धीरेन्द्रराज गिरीबिच भिडन्त भएको थियो । महतले एक सय ९४ मत प्राप्त गरी विजयी हुनु भएको र उहाँका प्रतिस्पर्धी नेता धीरेन्द्रराज गिरीले एक सय ३५ मत प्राप्त गर्नु भएको छ ।  अधिवेशनमा कुल तीन सय ३४ जना प्रतिनिधिले भाग लिएका थिए । जसमध्ये तीन सय २९ मत खसेको थियो । अध्यक्ष महतको प्यानलनै विजयी भएका थिए ।

यसैगरी, उपाध्यक्षमा प्रेमबहादुर बुढाले एक सय ८७ मत प्राप्त गरी विजयी हुनु भएको छ ।  उहाँका प्रतिस्पर्धी पदम बुढाले एक सय ३८ मत प्राप्त गर्नुभयो । सचिवमा अध्यक्ष महतकै प्यानलबाट सचिवमा मानबहादुर रोकाया विजयी हुुनुभएको छ । रोकायाले एक सय ७९ मत प्राप्त गर्नुभयो । उहाँका प्रतिस्पर्धी नेता धिरेन्द्रराज गिरी प्यानलका आदिप्रसाद न्यौपानेले एक सय ४१ मत प्राप्त गर्नुभएको छ ।

यसैगरी, उपसचिवमा धनबहादुर बुढाले एक सय ७९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी धर्मेन्द्र रोकायाले एक सय ४१ प्राप्त गर्नुभयो । महिला उपसचिवमा मेनका रेग्मी एक सय ७४ मत प्राप्त गरी विजयी हुनुभयो भने प्रतिस्पर्धी सुशीला भट्टराईले एक सय आठ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले जनाएको छ ।

नवनिर्वाचित अध्यक्ष महतले आफ्नो नेतृत्वमा ९० जनाको कार्यसमिति निर्वाचित भएको जानकारी दिनुभयो । उहाँले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) फुटेसँगै जुम्लाको पार्टीको नेतृत्व सम्हाल्नुभएको थियो । महतले अहिले पुनः अध्यक्षमा निर्वाचित हुनुभएको हो ।