• ३ जेठ २०८१, बिहिबार

नेपालमा लगानी बढाउन विदेशी लगानीकर्तासँग उपप्रधानमन्त्री लामिछानेको आग्रह

blog

उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने । फाइल तस्बिर

काठमाडौँ, वैशाख १७ गते। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपालमा लगानीमैत्री वातावरण रहेको भन्दै ढुक्क भएर लगानी गर्न विदेशी लगानीकर्तासँग आग्रह गर्नुभएको छ। 

सोमबार लगानी सम्मेलनका क्रममा आयोजित कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले लगानीकर्ताको समस्यालाई सरकारले बुझेको र सोहीअनुसारका समस्या समाधानका नीति निर्माणमा सरकार लागिपरेको जिकिर गर्नुभयो। 

उहाँले नेपालमा लगानी गर्नका लागि धेरै क्षेत्र रहेको उल्लेख गर्दै सरकार लगानीकर्ताको सुरक्षाका लागि सबै किसिमबाट प्रतिबद्ध रहेको बताउनुभयो। जग्गा मूल्याङ्कन गर्ने, जग्गा किन्ने र भाडामा दिने विषयमा धेरै जटिल समस्यालाई समाधान गरेको बताउनुभयो। 

उहाँले वन लगायतका विभिन्न समस्यामा पनि सरकारले समाधानका लागि विधेयकमार्फत ऐन बनाइ सहज बनाएको बताउनुभयो। उहाँले नेपालका पर्यटन, विद्युत, आइटी, कृषि लगायतका क्षेत्रमा लगानी गर्न विदेशी लगानीकर्तासँग आग्रह गर्नुभयो।