• २० असोज २०८१, आइतबार

वरिष्ठ लेखकद्वयलाई सम्मान

blog

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख १७ गते । जोशी रिसर्च सेन्टर, ललितपुरले प्रत्येक वर्ष प्रदान गर्दैआएको पुरस्कार यस वर्ष ‘कदम पुरस्कार २०८०’ बाट भक्तपुर निवासी वरिष्ठ लेखक प्राडा. पुरुषोत्तमलोचन श्रेष्ठ र ‘हरिराम जोशी संस्कृति पुरस्कार २०८०’ बनेपा निवासी वरिष्ठ साहित्यिक पत्रकार मोहन दुवाललाई प्रदान गरिएको छ । 

प्रमुख अतिथि लुम्बिनी विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा. त्रिरत्न मानन्धरले उहाँ दुवैलाई सो सम्मान प्रदान गर्नुभयो । जोशी रिसर्च सेन्टरका संस्थापक एवं संस्कृति शिरोमणि हरिराम जोशीको समुपस्थितिमा भएको सो कार्यक्रम प्राडा वीणा पौडेलको सभापतित्वमा भएको थियो । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन र वरिष्ठ सङ्गीतकार प्राध्यापक दीपक जङ्गमको समेत उपस्थिति थियो । 

कार्यक्रममा संस्कृति शिरोमणि जोशीका सुपुत्र दीपकराम जोशीको रचना र बुहारी बिन्दुबाबा जोशीको गायनमा ‘आमा’ गीतको विमोचनका साथै ‘कदम’ नामक कविता सङ्ग्रहको विमोचन गरिएको थियो ।