• २ जेठ २०८१, बुधबार

निरङ्कारी मण्डलद्वारा ९४९ युनिट रगत सङ्कलन

blog

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख १७ गते । सन्त निरङ्कारी मण्डल नेपालले एक दिनमा ९४९ युनिट रगत सङ्कलन गरेको छ । १८ जिल्लामा आयोजना गरेको रक्तदान कार्यक्रमबाट सो रगत सङ्कलन गरिएको सो संस्थाका सचिव अनिल महर्जनले बताउनुभयो । 

अस्पतालमा रगत अभाव हुन नदिन सो संस्थाले हरेक वर्ष रक्तदान कार्यक्रम गर्दैआएको मण्डलका सदस्य ध्रुव अधिकारीले बताउनुभयो । उहाँका अनुसार सो रगत ब्लड बैंकलाई हस्तान्तरण गरिएको छ । 

महर्जनका अनुसार रक्तदानमा कैलालीबाट २४३ जना, धनुषा १३४, काठमाडौं ८४, स्याङ्जा ६९, दाङ ६२, सप्तरी ५९, सुर्खेत ४४, पोखरा ३७, झापा ३३, सल्यान ३२, सिरहा २८, रुपन्देही २७, सर्लाही २७, कञ्चनपुर २७, कपिलवस्तु २५, अछाम ८, डोटी ५ र डडेल्धुरामा ५ जनाले रक्तदान गर्नुभएको छ ।

केही जिल्ला शाखामा अझै रक्तदान कार्यक्रम हुन बाँकी रहेको सो संस्थाले जनाएको छ । गत शनिबार आयोजना गरिएको रक्तदान कार्यक्रमबाट सो रगत सङ्कलन गरिएको अधिकारीले जानकारी दिनुभयो ।