• २४ वैशाख २०८१, सोमबार

नेपाल-भारत पूर्वी सिमा शिल

blog

झापाको पूर्वी सीमा काँकडभिट्टा ।

बिष्णुप्रसाद पोखरेल

दमक, वैशाख १२ गते । नेपाल–भारत पूर्वी सीमामा आवतजावत बन्द गरिएको छ । नेपालसँग सिमा जोडिएको भारतमा निर्वाचनलाई लक्षित गरेरे पूर्वी नाका शिल गरिएपछि आवतजावत बन्द गरिएको हो ।

आँउदो शुक्रबार भारतमा लोकसभा निर्वाचनको दोस्रो चरणको मतदान हुँने भएपछि ७२ घण्टा सिमा शिल गरिएको झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलाले बताउनुभएको छ । नेपालको झापासँग सिमा जोडिएको पश्चिम बङ्गालको दार्जिलिङ र विहारको किशनगञ्ज जिल्लामा एकै दिन मतदान रहेकाले भारतको आग्रह र अनुरोधमा सीमा नाका शिल गरिएको छ ।

बिगतदेखि नै निर्वाचनमा सिमा शिल हुँदै आएको थियो । दुबै देशका सुरक्षाकर्मीहरु नाकामा निगरानी गर्ने गरेका छन् । झापाको काँकडभिट्टा, भद्रपुर, टाघनडुब्बा, गौरीगञ्ज लगायतका नाका बन्द भएका छन् । मंगलवार साँझदेखि बन्द भएको नाँका निर्वाचन सकिएपछि अर्थात् बन्द भएको ७२ घटापछि खुल्नेछ ।

अति आवश्यक काम बाहेक सिमामा कोही पनि आवतजावत गर्न नपाउने व्यवस्था गरिएको छ । अत्यावश्यक काम परेमा सिमा रहेका सुरक्षाकर्मीसँग समन्वय गरेर आउजाउ गर्ने व्यवस्था मिलाइएको छ । निर्वाचनको दिन अर्थात् बुधबार भने पूर्ण रुपमा नाका शिल हुनेछ ।