• १३ साउन २०८१, आइतबार

उपराष्ट्रपति यादवको भाउजूको निधन

blog

स्वर्गीय लालमती देवी यादव

काठमाडौँ, चैत १४ गते । उपराष्ट्रपति रामसहाय प्रसाद यादवको भाउजू लालमती देवी यादवको ६७ वर्ष उमेरमा बुधबार बिहान ब्रेन ह्याम्रेजका कारण निधन भएको छ । उपराष्ट्रपति यादव आफ्नी भाउजूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न आजै बारास्थित पुर्खौली गाउँ सिम्रौनगढ-९ बसबरिया जानुभएको छ । आजै धार्मिक र जातीय संस्कार अनुसार उहाँकाे दाहसंस्कार गरिने भएको छ । 

बसबरियाकी स्थायी बासिन्दा लालमती देवी लामो समयदेखि मुटु रोगी भई नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार गराइ रहनुभएको थियो । उहाँ उपराष्ट्रपति यादवका ठुलो दाजु रामधारी प्रसाद यादवको धर्मपत्नी हुनुहुन्थ्यो । लालमती देवीका तीन छोरा, दुई छोरी र श्रीमान् हुनुहुन्छ ।