• १३ साउन २०८१, आइतबार

फेब्रुअरीमा १४ लाखभन्दा बढी पर्यटकले गरे सिङ्गापुर भ्रमण

blog

सिङ्गापुर, फागुन २९ गते । गत फेब्रुअरी महिनामा १४ लाखभन्दा बढी पर्यटकले सिङ्गापुर भ्रमण गरेका छन् । सिङ्गापुर टुरिजम बोर्ड (एसटीबी) ले जारी गरेको पछिल्लो तथ्याङ्क अनुसार फेब्रुअरी महिनामा १४ लाख ४४ हजार पर्यटकले सिङ्गापुर भ्रमण गरेका छन् । कुल तीन लाख २७ हजार चिनियाँ पर्यटकले यस अवधिमा सिङ्गापुरको भ्रमण गरेका छन् ।

सिङ्गापुरपछि इन्डोनेसिया, मलेसिया, अस्ट्रेलिया र बेलायतबाट क्रमशः धेरै पर्यटक यहाँ आइपुगेको तथ्याङ्क छ ।

चीन र सिङ्गापुरले फेब्रुअरीमा आपसी ३० दिने भिसामुक्त यात्रा लागू गरेका थिए। एसटीबीले यस वर्ष अन्तर्राष्ट्रिय आगन्तुकको आगमन एक करोड ५० लाखदेखि एक करोड ६० लाख पुग्ने अनुमान गरेको छ । रासस/सिन्ह्वा