• १३ साउन २०८१, आइतबार

अस्ट्रेलियाका प्रधानमन्त्रीद्वारा आदिवासी समुदायका लागि आवास योजना

blog

अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज ।

क्यानबेरा, फागुन २९ गते । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले आदिवासी समुदायका निम्ति नयाँ घर निर्माण गर्न अर्बौं डलरको नयाँ कोषको योजना घोषणा गर्नुभएको छ ।

अल्बानिजले मङ्गलबार सङ्घीय र उत्तरी क्षेत्र (एनटी) सरकारबाट उत्तरी क्षेत्रभरिका दुर्गम समुदायका लागि आवास निर्माण गर्न चार अर्ब  अस्ट्रेलियन डलर (२.६ अर्ब अमेरिकी डलर) को संयुक्त लगानी कोष घोषणा गर्नुभएको छ ।

यस योजनाअन्तर्गत सरकारले सन् २०१८ यता ७३ वटा दुर्गम क्षेत्रका समुदायका लागि ६५० वटा घर निर्माण गरेको छ । यही कार्यक्रमको निरन्तरताअन्तर्गत प्रत्येक वर्ष २७० वटा नयाँ घर निर्माण हुने अनुमान गरिएको छ ।

“आजको घोषणाले दुर्गम समुदायको आवासको अवस्थामा सुधार ल्याउने र आदिवासी र गैर–आदिवासी अस्ट्रेलियालीबिचको खाडल कम गर्न मद्दत गर्नेछ,” अल्बानिजले घोषणा कार्यक्रममा भन्नुभएको छ ।

उक्त कोषमा आधाभन्दा बढी लगानी सङ्घीय सरकारबाट प्राप्त हुनेछ भने १२ करोड अस्ट्रेलियाली डलर एनटी सरकारको हुनेछ । रासस/सिन्ह्वा