• २२ वैशाख २०८१, शनिबार

दमित सत्य (कविता)

blog

हृदयकेन्द्रमा सत्य निस्सासिरहेछ

कयौँ प्रयासका बाबजुद

विचरा सत्य !

ओठसम्म आउन सक्दैन 

अनि

निरीह बनेर 

मृत्युवरण गर्छ 

साँच्चै शक्तिशाली छ मान्छे

ऊ आफ्नो मनको चिहानमा

सत्य दफन गरेर 

मस्तसँग सुत्छ ।

Author

सूर्यप्रसाद लाकोजू