• १३ साउन २०८१, आइतबार

नदीमा हाम फाल्दा महिलाको मृत्यु

blog

शेरबहादुर सार्की

बाजुरा, फागुन २६ गते । बुढीगङ्गा नदीमा हाम फाल्दा एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रिवेणी नगरपालिका –२ सिम्लाकी अञ्दाजी ३८ वर्षीया जानकी न्यौपाने रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

मृतक न्यौपानेले आज विहान करिब ६:३० बजे बुढीगङ्गा नदीमा हाम फालेपछि उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचाना अधिकारी दानसिंह भण्डारीले बताउनभयो । 

उहाँले भन्नुभयो, “अहिले मृतक महिलाको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल बाजुरामा राखिएको छ ।” आफन्त आइसेकाले जाहेरी दिएपछि पोष्टमार्टम गरिने जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी भण्डारीले बताउनुभयो ।