• १६ भदौ २०८१, आइतबार

महिला अधिकारका लागि छुट्टै निकाय स्थापना हुन्छ: मन्त्री चौधरी

blog

महिला बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री भगवती चौधरी ।

गोरखापत्र अनलाइन

काठमाडौं, फागुन २५ गते । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले महिला अधिकारको क्षेत्रमा काम गर्न छुट्टै संस्था बनाउने बताउनुभएको छ । ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर मन्त्रालयले शुक्रवार यहाँ आयोजना गरेको कार्यक्रममा नवनियुक्त मन्त्री चौधरीले सो कुरा बताउनुभएको हो । 

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको यस अघिको सरकारले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गत रहेको महिला तथा बालबालिका विभाग खारेज गर्ने निर्णय गरेको थियो । मन्त्री चौधरीले महिला हिंसाको घटना बढिरहेको बेला सो विभाग खारेज गरेकोमा असन्तुष्टि व्यक्त गर्दै सरकारले आगामी आर्थिक वर्षको बजेटमा महिला अधिकारसम्बन्धी हेर्ने छुट्टै संस्थाको व्यवस्था हुनेगरी बजेट ल्याउने उहाँको भनाइ छ । 

सरोकारवाला निकाय र विज्ञहरूले पनि महिला विकासको क्षेत्र हेर्ने छुट्टै निकायको आवश्यकता औँल्याएकाले सरकारले अगामी बजेट, नीति तथा कार्यक्रममा सो कुरा समावेश गरेर अघि बढ्ने उहाँले बताउनुभयो । मन्त्री चौधरीले राजनीतिक क्षेत्रमा महिलाको सहभागिता ३३ प्रतिशतबाट बढाएर ५१ प्रतिशत पुगाउने लक्ष्य महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि लिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘विगतमा हामीसँग त्यसबेला ७५ जिल्ला हुँदा महिला विकास अधिकृत जिल्ला–जिल्लामा हुन्थे । महिला विभाग पनि थियो । त्यो पनि अहिले खारेज भएको छ । अब हामी महिलाका लागि तीन वटै तहबाट एउटा संरचना बनाएर अघि बढ्ने सोच बनाएको उहाँले चर्चा गर्नुभयो । 

मन्त्री चौधरीले महिला मन्त्रालयमा बजेट बढाउने विषयमा पनि आफूले पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा सम्बन्धित पक्षले महिला अधिकारको क्षेत्रमा काम गर्न राज्यले लगानी बढाउनुपर्नेमा दिनुभएको थियो ।