• १६ भदौ २०८१, आइतबार

महिलामाथि हुने भेदभाव हटाउन सबै लाग्नुपर्छ

blog

नेपाली कांग्रेसकी नेत्री एवम् प्रतिनिधिसभा सांसद डा. आरजु राणा देउवा । फाइल तस्बिर

काठमाडौँ, फागुन २५ गते । प्रतिनिधि सभा सदस्य एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा.आरजु राणा देउवाले महिलामाथि हुने विभेद आपसी सहकार्यबाट तोड्न सबै लागि पर्नुपर्ने बताउनुभएको छ । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा प्रतिनिधि सभा सदस्य एवं कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति डा. आरजु राणा देउवाले यस्तो बताउनुभएको हो । 

विश्वभर अझै पनि महिलामाथि कुनै न कुनै प्रकारका विभेद कायमै छन् । शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका अवसरमा महिलाहरूको पहुँच अझै पनि सन्तुष्ट हुने स्तरमा पुग्न सकेको छैन त्यसैले यी चुनौती तोड्न सबैको सहकार्य आवश्यक भएको बताउनुभएको छ । 

अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिनुहुँदै सभापति देउवाले विकसित मुलुकहरूको तुलनामा नेपाली नारीहरूले आधारभूत आवश्यकतामै विभेद र शोषण भोग्दै आएका बताउनुभएको छ ।