• १६ भदौ २०८१, आइतबार

सबल र सुदृढ संस्थाको रूपमा स्थापित छ : रक्षामन्त्री

blog

काठमाडौँ, फागुन २५ गते । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनालाई समग्र राष्ट्र र राष्ट्रबासीको सर्वोपरि हित हुने कार्यमा थप सजगतापूर्वक समर्पित हुन निर्देशन दिनुभएको छ ।

सेना दिवसका अवसरमा उहाँले दिनुभएको सन्देशमा सेनाले स्थापनाकालदेखि वर्तमानसम्म सरकारबाट प्राप्त नीति निर्देशनलाई सर्वोपरि ठानेर कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको उल्लेख गर्नुभयो ।

 रक्षमन्त्री उप्रेतीले भन्नुभएको छ,  “आपतकालीन परिस्थितिहरूमा नेपाली सेना सदैव राष्ट्र र जनताको सेवामा अग्रपिङ्क्तमा रहेर काम गर्दै आइरहेको छ । देशका विभिन्न स्थानमाआइपर्ने विपद्का घटनाहरूमा समेत नेपाली जनताको जिउधनको रक्षार्थ नेपाली सेनाले गरेको योगदानको प्रशंसा गर्दछु ।”