• १० जेठ २०८१, बिहिबार

माओवादी केन्द्रद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

blog

अविनाश चौधरी
धनगढी, फागुन २३ गते । 
नेकपा (माओवादी केन्द्र) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । मङ्गलबार मुख्यमन्त्री कमलबहादुर शाहले माओवादी पार्टीका तीन मन्त्रीलाई पदमुक्त गरेपछि माओवादीले सरकारलाई दिएको समर्थन बुधबार फिर्ता लिएको हो ।

दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको माओवादी केन्द्रको संसदीय दलका नेता मानबहादुर धामीले जानकारी दिनुभयो ।

माओवादीबाट झपट साउद, रमेशसिंह धामी मन्त्री र गीता माल राज्यमन्त्री रहेका थिए । गतवर्ष माघ २६ गते नेपाली कांग्रेसको नेतृत्वमा चार दल सम्मिलित संयुक्त सरकार गठन गरिएको थियो ।

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिए पनि मुख्यमन्त्री शाहसँग बहुमत अझै कायमै रहेको छ । सरकारमा सहभागी नेपाली कांग्रेसका १८, नागरिक उन्मुक्ति पार्टीका सात र नेकपा (एकीकृत समाजवादी) का चार गरी २९ जना सदस्य सरकारको पक्षमा रहेका छन् । ५३ सदस्यीय प्रदेश सभामा बहुमत जुटाउनका लागि २७ जना सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ ।