• ९ मंसिर २०८१, आइतबार

सुशासनको हल्ला मात्र गरिएको छ : महासचिव पोखरेल

blog

नेकपा (एमाले) का महासचिव शंकर पोखरेल जनकपुरमा पत्रकारसँग । तस्विरः महासचिवको सचिवालय

गोरखापत्र अनलाइन

जनकपुर, फागुन १८ गते । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सरकारले सुशासनको हल्ला मात्र बढी गरेको बताउनुभएको छ । जनकपुरधामस्थित विमानस्थलमा सञ्चारकर्मीसँग आज कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । 

उहाँले गठबन्धन सरकार पूर्णरुपमा असक्षम र असफल सावित भइसकेको दाबी गर्नुभयो । एमाले सरकारमा रहँदा अघि बढाएको विकास निर्माणका कामहरुले अहिले गति लिन नसकेको उहाँले बताउनुभयो । उहाँले वर्तमान सरकार खर्च जुटाउने पक्षमा पनि असफल रहेको चर्चा गर्नुभयो । शिक्षक, कर्मचारीको पारिश्रमिक आन्तरिक ऋण उठाएर खुवाउनु पर्ने अवस्था अहिलेको सरकारले सिर्जना गरेको उहाँको भनाइ छ । पुँजीगत खर्च इतिहासकै अत्यन्त कमजोर अवस्थामा पुगेको र पुँजीगत खर्च भविष्यमा देश कस्तो बन्छ भन्नेकुराको आधार भएको बताउनुभयो ।

पुँजीगत खर्च भविष्यमा देश कस्तो बन्छ भन्नेकुराको आधार भएको उहाँले चर्चा गर्नुभयो । सुशासनमा सरकार कति असफल र निकम्मा छ भन्नेकुरा अनुसन्धानका लागि मन्त्रीहरु झण्डा हल्लाएर अख्तियार धाइरहेको उहाँले टिप्पणी गर्नुभयो । 

‘सामान्यतया अभियोग लागेपछि र अनुसन्धानको प्रक्रिया सुरु भएपछि पदमा बसिरहन मिल्दैन । सरकार स्वयम् आफैँले अनुसन्धान गर्दा मन्त्री दोषी किटान हुन्छ तर राजीनामा आउँदैन’ उहाँले भन्नुभयो । सरकारले सुशासनको हल्ला त गरिरहेको छ तर आफ्ना दोसी मान्छेहरुलाई जोगाइरहेको उहाँले आरोप लगाउनुभयो । 

महासचिव पोखरेलले मन्त्री दोषी ठहर हुँदासमेत राजिनामा नदिएको भन्दै आपत्ति जनाउनुभयो । पत्रकारको जिज्ञासापछि एमालेका लागि राष्ट्रियसभा अध्यक्षमा उम्मेदवारी दिने विषय चासोको विषय नरहेको उहाँले प्रष्ट पार्नुभयो ।