• ७ मंसिर २०८१, शुक्रबार

चरि (कविता)

blog

 आँगनीमा आउँछ चरि 

अनेक गीत गाउँदै 

हामीसँग मधुर भावमा 

माया प्रिति लाउँदै 

किन किन हाम्रो चरि 

हाम्रै लागि गाउँछ 

सधैँभरि माया बोकी 

आगनीमा आउँछ 

यस्तो चरि छ हाम्रो 

जताततै पाइने 

उसैको सहारामा 

गाइने गीत गाउने 

यस्तो चरि हाम्रा लागि 

सुख बोकी आउँछ 

उसैको सहारामा 

झ्याउरे गीत गाइन्छ ।