• १६ वैशाख २०८१, आइतबार

सुन्दर गाउँ प्राप्चा (कविता)

blog

घुर्मीको बजार सुनकोशी पारी मानेभन्ज्याङ काटेर,

ओखलढुङ्गा रामपुर पारी मोलुङ तरेर,

ए जाउँ न घुम्न जाउँ,

संसारमै सुन्दर छ हाम्रै प्राप्चा गाउँ ।


देउरालीको पहाड माथी मुर्चलको भिर,

सफा स्वच्छ पानी बग्छ मोलुङ खोला तिर,

प्राप्चाको गाउँ माथी गुराँस फुलेको,

गुराँस फुल देख्दा मेरो मनै भुलेको ।


यहीँ पारी डाँडा तिर कोइली गीत गाउँछ,

कोइलीको गीत सुनेर यो मन प्रीत लाउँछ,

ए साथी आउ है रमाउ,

स्वर्ग भन्दा सुन्दर छ हाम्रै प्राप्चा गाउँ ।


सोलाखर्क पुगेर देवी दर्शन गर,

भालुथुम्का र श्रीचौर त्यहीँ वरपर,

रामपुर प्राप्चा गाउँ घुम्न आउँदै गर्नु है,

प्राप्चा भन्दा सुन्दर अर्काे गाउँ छैन है ।