• १२ साउन २०८१, शनिबार

प्रधानमन्त्री प्रचण्डकै नेतृत्वमा नेपालमा समाजवाद आउनेछ : मुख्यमन्त्री जम्कट्टेल

blog

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल ।

काठमाडौं, फागुन ११ गते। बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’कै नेतृत्वमा नेपालमा समाजवाद स्थापना गर्ने बताउनुभएको छ।

शुक्रबार २३ औं मजदुर बलिदान दिवस तथा पुस्तक विमोचन कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले माओवादीको क्रान्तिको दिशमात्रै बदलिएको तर क्रान्ति नछोडेको बताउनुभयो। उहाँले माओवादीको क्रान्ति अझै पनि जारी रहेको बताउनुभयो। उहाँले जनयुद्धले नै अहिलेको व्यवस्था ल्याएको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘वास्तवमा हामी क्रान्तिकारी हौं। हाम्रो क्रान्तिको कार्यदिशा बदलिएको हो। सम्माननीय प्रधानमन्त्रीज्यू, आदरणीय पार्टी अध्यक्ष उहाँको अगाडि मैले बुझेको उहाँले क्रान्ति छोड्नुभएको छैन। क्रान्तिको कार्यदिशा बदलिएको छ। क्रान्ति जारी छ। हामी उहाँको नेतृत्वमा १० वर्षको महान जनयुद्ध भयो, त्यसले यो राज्य व्यवस्था परिवर्तन गरेको छ। बाँकी कार्यभार अब हामी समाजवादमा पुग्नुछ। हामी श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डकै नेतृत्वमा नेपालमा समाजवाद स्थापना गर्छौं। मजदुर वर्गको पेशागत र राजनीतिक अधिकार प्राप्त भएको व्यवस्था भनेको समाजवाद नै हो।’’ 

मुख्यमन्त्री जम्कट्टेलले मजदुर वर्गको पेशागत र राजनीतिक अधिकार प्राप्त भएको व्यवस्था भनेको समाजवाद नै रहेको जिकिर गर्नुभयो।