• ९ मंसिर २०८१, आइतबार

सहमतिपछि सरस्वती माताको मुर्ति विर्सजन

blog

फाइल तस्बिर ।

सञ्जय कुमार मिश्र 

गौर, फागुन ७ गते । रौतहटको ईशनाथ नगरपालिका ५ स्थित गत दुई दिनदेखि बाटोमै राखिएकाे सरस्वती माताको मुर्ति विसर्जन गरिएको छ । जिल्ला समन्वय समितिको सभाकक्षमा सोमबार बिहान सम्पन्न सर्वपक्षिय एवम् सर्वदलिय बैठकमा भएको सहमति पश्चात सरस्वती माताको मुर्तिलाई विर्सजन गरिएको हो ।   

प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी सहित सुरक्षा निकायका प्रमुख अधिकारीहरु राजनीति दलका नेताहरु, नागरिक समाज र स्थानीय बुद्धिजीविहरुका साथै सो क्षेत्रका जनप्रतिनिधि सहितका व्यक्तिहरु ईशनाथ नगरपालिकाको सो ठाउँमा पुगेका थिए । सरस्वती मुर्ति विर्सजनलाई लिएर फागुन ३ गते भएको वादविवाद र झडपको कारण फागुन ५ गते बेलुकादेखि सो क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको थियो ।

सरस्वतीको मुर्ति सेलाएर अवस्थाको मुल्याङ्कन गरेर कर्फ्यु हटाउने अथवा ढिलाई दिने विषयमा छलफलपछि कुनै निर्णय हुने जिल्ला प्रहरी कार्यालय रौतहटको प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक एलिजा गिरीले बताउनुभयो ।

दुबै समुदायका मानिसहरु एक आपसमा शान्ति सद्भाव कायम गरेर सामान्य जनजीवन बिताउनुपर्ने अपिल गर्दै प्रहरी नायब उपरीक्षक गिरीले अशान्तिबाट कसैको भलो हुन नसक्ने भएकोमा सबै पक्षलाई शान्ति, सदभाव, भाईचारा र अमनचयन कायम गर्नुपर्ने सुझाव दिनुभयो ।

यो पनि पढ्नुहोस

रौतहटकाे ईशनाथमा कर्फ्यु जारी