काठमाडौँ, फागुन ७ गते । आज अर्थात् फागुन ७ गते नेपाली कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिन रहेको भन्दै कांग्रेसका सभापति शेरबहादुर देउवाले समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
२००७ को कात्तिक २६ देखि प्रारम्भ ऐतिहासिक जन–क्रान्तिले यसै दिन १०४ वर्षको एकतन्त्रीय निरङ्कुश राणा शासनलाई समाप्त पारेर देशमा प्रजातन्त्रको स्थापना गरेको समेत उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ ।
राजनैतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक हरेक क्षेत्रमा यसले अग्रगामी परिवर्तनको मार्ग प्रशस्त गरेसँगै आम नेपालीको जीवन सुखमय बन्दै गएको समेत उहाँले बताउनुभयो छ । मध्ययुगीन सामन्ती अवस्थाबाट नयाँ युगमा नेपाल प्रवेश गर्यो र प्रजातन्त्रसँगै बलियो राष्ट्रियताको आधार निर्माण गरेकाले प्रजातन्त्रको रक्षाका लागि सबै लागि पर्नु पर्ने बताउनुभयो ।