• १३ असोज २०८१, आइतबार

पाल्पा दुर्घटना अपडेट : आठ जनाको मृत्यु, १८ घाइते

blog

दुर्घटनास्थल। तस्बिर : रेखीराम राना

रेखीराम राना

तानसेन, फागुन १ गते। पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ। दुर्घटनामा १८ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको लुम्बिनी मेडिकल कलेज प्रभासका सचिव कृष्णप्रसाद पराजुलीले जानकारी दिनुभयो। 

मंगलबार बेलुकी पौने ५ बजेतिर तिनाउ गाउँपालिकाको वडा नं. ६, चिदिसमा लु १ ज २३७१ नम्बरको जिप दुर्घटना भएको थियो। दुर्घटनाका मृतक र घाइते अधिकांश चिदिस गाउँका रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख हेरम्ब शर्माले जानकारी दिनुभयो। 

अत्यधिक लोडका कारण दुर्घटना भएको प्रहरी उपरीक्षक शर्माले बताउनुभयो। क्षमताभन्दा बढी लोड र उकालोमा सवारीसाधनले थाम्न नसक्दा ब्याक भएर दुर्घटना भएको उहाँको भनाइ छ। मृतकको पहिचान गर्ने कार्य भइरहेको छ भने घाइतेको प्रभावकारी उपचारका लागि अस्पतालसँग समन्वय भइरहेको उहाँले बताउनुभयो। 


दुर्घटनामा आठ जनाको घटनास्थलमै मृत्यु भएको तिनाउ ६ का वडा अध्यक्ष टोमबहादुर पुनले जानकारी दिनुभयो। घाइते र मृतकको उद्धार गरिएको उहाँले बताउनुभयो।  

यो पनि पढ्नुहोस

पाल्पामा जिप दुर्घटना हुँदा आठ जनाको मृत्यु